Logo

अष्ट्रेलियन एजुकेशन फेयर मंगलबार हुँदै, १६ विश्वविद्यालयको प्रतिनिधित्व

अष्ट्रेलियन एजुकेशन फेयर मंगलबार हुँदै, १६ विश्वविद्यालयको प्रतिनिधित्व


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । मंगलबारदेखि अष्ट्रेलियन एजुकेशन फेयर हुने भएको छ । एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजको आयोजनामा होटल अन्नपूर्ण काठमाडौंंमा हुने फेयरमा अष्ट्रेलियाका १६ वटा विश्वविद्यालय तथा क्याम्पसहरुको प्रतिनिधित्व रहने बताइएको छ ।

एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजका अनुसार यो फेयर अन्यभन्दा पृथक हुनेछ । कम्पनीले वर्षको तीनपटक अष्ट्रेलियन एजुकेसन फेयर आयोजना गर्दै आएको छ ।

सर्भिसेजका प्रवन्ध निर्देशक खेम संग्रौलाका अनुसार एकै पटक १६ वटा युनिभर्सिटीको उपस्थिति भएको यो पहिलोपटक हो । फेयरमा अष्ट्रेलिया, अष्ट्रेलियाको शैक्षिक पद्धति र संस्थाहरु, शैक्षिक सुविधा, अष्ट्रेलियामा पढ्दा झेल्नु पर्ने चुनौतीहरुका विषयमा विद्यार्थीले परामर्श प्राप्त गछन् ।

फेयरमा उपस्थित अष्ट्रेलियन विश्वविद्यालय र क्याम्पसका प्रतिनिधिसँग विद्यार्थीहरुको प्रत्यक्ष संवाद हुन छ । जसले गर्दा अष्ट्रेलिया पुगेपछि भनिए अनुसारको सुविधा प्राप्त नभए विद्यार्थीहरुले सजिलै दावी गर्न सक्ने एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजका निर्देशक संजीव शर्मा बताउँछन् ।
फेयर बिहान एघार बजेबाट दिउँसो चार बजेसम्म सञ्चालन हुने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL