Logo

इक्यान शैक्षिक मेलामा एकैदिन २० हजारले गरे अबलोकन, विदेश अध्यनको जानकारी एकै थलोबाट

इक्यान शैक्षिक मेलामा एकैदिन २० हजारले गरे अबलोकन, विदेश अध्यनको जानकारी एकै थलोबाट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बिहीबारदेखि शुरु भएको इक्यान शैक्षिक मेलामा एकैदिन २० हजार जनाभन्दा बढीले अबलोकन गरेका छन् । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आयोजनामा भृकुटी मण्डपमा शुरु भएको ११औं इक्यान शैक्षिक मेलामा अध्ययनका लागि विदेश जान चाहने विद्याथीहरुको भीड लागेको हो ।

मेलामा सम्बन्धित विश्वविद्यालयका प्रतिनिधि आउने आफुले पढ्न चाहेको बारेमा राम्रोसँग बुझ्न पाइने भएकाले पनि विद्यार्थीहरुको भीड लागेको इक्यानका अध्यक्ष प्रकाश पाण्डेले बताए । मेलामा विभिन्न देशका ५० भन्दा बढी विश्वविद्यालयले सहभागी जनाएका छन् ।

मेलामा भारत ,चीन, बंगलादेश, अष्ट्रेलिया, बेलायत, न्यूजिल्याण्ड, क्यानडा, श्रीलंका लगायत विभिन्न देशका प्रतिष्ठित कलेज तथा विश्वविद्यालयले सहभागिता जनाएको पाण्डेले जानकारी दिए । पछिल्लो समय नेपालबाट उच्च शिक्षा अध्ययनका लागि विदेशीने क्रम बढेको र त्यस्ता विद्यार्थीलाई सहजीकरण गर्नका लागि इक्यानले मेला आयोजना गरको उनको तर्क थियो ।

मेलामा १४ वटा पेभिलिएन र २ सय २६ वटा स्टल रहेका छन् । मेलाबाट विभिन्न देशको अध्ययनका लागि जान एकैथलोबाट सम्पूर्ण जानकारी लिन सकिने छ । सो मेलामा इक्यानसँग आवद्ध नेपाली शैक्षिक परामर्श संस्था तथा विदेशी विश्वविद्यालयको सहभागिता हुने भएकाले विद्यार्थीले सम्बन्धित कलेज तथा विश्वविद्यालयको वारेमा जानकारी लिन सक्नेछन् ।

बिहीबारदेखि ४ दिनसम्म चल्लने मेलामा १ लाख ७५ हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL