Logo

हिमालय कलेज र एनएमबी बैंकवीच शैक्षिक कर्जा सम्झौता, शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण

हिमालय कलेज र एनएमबी बैंकवीच शैक्षिक कर्जा सम्झौता, शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । हिमालय कलेज अफ इन्जिनियरिङ च्यसल र एनएमबी बैंक लिमिटेडबीच शैक्षिक कर्जा योजना सम्वन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ । शैक्षिक प्रमाणपत्र धितो राखेर पढ्न सकिने गरी समझादारी भएको हो ।

समझदारी पत्रमा कलेजका अध्यक्ष विष्णुप्रसाद शर्मा र बैंक्का प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले हस्ताक्षर गरे । आर्थिक अभावले इन्जिनियरिङ पढ्न नपाएका जेहेन्दार विद्यार्थीले यो सुविधा लिन सक्ने बताइएको छ । ऋणको अवधि ४ बर्ष हुने बताइएको छ । यो योजनामा ग्रामीण पिछडीएको क्षेत्र र महिलाहरुलाई प्राथमिकतामा राखिने बताइएको छ । हाललाई सीमित विद्यार्थीले मात्र यो योजना उपयोग गर्न सक्नेछन् ।

बैंकले अध्ययनमा उत्कृष्टता,लगनशीलता र विश्वसनीयताका आधारमा अर्को ४ बर्षका लागि किस्ताबन्दीमा ऋण तिर्न सक्ने सुविधा प्रदान गर्ने बताइएको छ । तर ४ बर्षपछिको किस्ताबन्दीसम्बन्धी सुविधा लिनका लागि बैंक र विद्यार्थीबीच छुट्टै सम्झौता गरिने छ ।

व्याजदर विद्यार्थीका अवस्था हेरी ५ देखि ८ प्रतिशत हुने छ । योजनाले विद्यार्थीलाई पढाइ र आफ्नो भविष्यप्रति पनि थप जिम्मेवा बनाउने विश्वास लिएको कलेजका निर्देशक रामेश्वर अर्यालले बताए ।

साथै जेहेन्दार विद्यार्थीलाई आर्थिक अभावले उच्च प्राविधिक शिक्षा आर्जनको आकांक्षालाई बाधा नपुर्याओस भन्ने उद्देश्यका साथ योजना ल्याइएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL