Logo

एस एजुकेशनको एस एकेडेमी सञ्चालनमा, टोफेल र आइएलटीएस पढाउने

एस एजुकेशनको एस एकेडेमी सञ्चालनमा, टोफेल र आइएलटीएस पढाउने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । व्यवस्थापन विषय पढाउँदै आएको एस एजुकेशन भेञ्चर्सले शुक्रबारदेखि एस एकेडेमी नामक नयाँ शैक्षिक संस्था सञ्चालनमा ल्याएको छ । सो संस्थाले एसीसीए, सिए, सिएफए, सिआईएमए, जिम्याट, जिआरई, आइएलटीएस, स्याट र टोफेल लगायतका कक्षाहरु सञ्चालन गर्ने बताइएको छ ।

एस एजुकेशन भेञ्चर्सले बानेश्वरमा एस इन्स्टीच्युट अफ म्यानेजमेन्ट र एस इन्टरनेशनल बिजनेश स्कुल सञ्चालन गर्दै आएको छ । रोजगारी तथा वृत्ति विकासका लागि आवश्यक औपचारिक शिक्षा बाहेकका अन्य व्यवसायिक प्रमाणपत्र हासिल गर्न सक्षम बनाउन पनि एस एकेडेमीको उद्देश्य रहेको बताइएको छ ।

संस्थाले सिनामंगलमा रहेको आफ्नै बिल्डिङमा यी कक्षाहरु सञ्चालन हुनेछन् । एउटा कक्षामा २० देखि २५ जनामात्र राखेर पढाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL