Logo

सामाजिक उद्यमशीलता सम्वन्धी सम्मेलन शुरु, सिमित स्रोत तथा लगानीका उद्यम आवश्यक

सामाजिक उद्यमशीलता सम्वन्धी सम्मेलन शुरु, सिमित स्रोत तथा लगानीका उद्यम आवश्यक


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सामाजिक उद्यमशीलता सम्वन्धी अन्तरराष्ट्रिय सम्मेलन बिहीवारदेखि शुरु भएको छ । काठमाडौंको हायात होटलमा शुरु भएको सम्मेलनमा नेपालमा सामाजिक उद्यम तथा त्यसको प्रवद्र्धनका बारेमा छलफल भएको थियो ।

नेपालमा सामाजिक उद्यमशिलता सम्वन्धी जनचेतना जगाउनेका साथै त्यसतर्फ युवाहरुलाई प्रोत्साहित गर्नु पनि सम्मेलनको उद्देश्य रहने बताइएको छ । किङग्स कलेजको आयोजनामा शुरु भएको सम्मेलन शुक्रवारसम्म चल्ने छ ।

सम्मेलनमा ३० ओटा संस्थाहरु, ४ सय भन्दा बढी डेलिगेट्स सहभागी  छन् । जसमध्ये स्वीडेन, भारत, सिंगापुरलगायत सात राष्ट्रका स्पीकर सहभागी थिए । कार्यक्रममा सामाजिक उद्यमी कर्ण शाक्यले समाजका विभिन्न सामाजिक उद्यमीहरुको सफलताका कथा सुनाए । सामाजिक उद्यमशिलतालाई बलियो बनाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

सिमित स्रोत तथा लगानीका उद्यमको नेपालमा आवशयकता रहेको भन्दै नेपालमा प्रवद्र्दन गर्नुपर्ने बताए । उनले न्यून लगानीका वातावरणमैत्री पर्यटनका साथै वैकल्पिक उर्जाको प्रवद्र्धन समेत आवश्यक रहेको बताए ।

कार्यक्रममा किंग्स कलेजका कार्यकारी निर्देशक नरोत्तम अर्यालले सम्मेलनले सामाजिक उद्यमको क्षेत्रको विकास तथा बृद्धिका लागि सञ्जाल निर्माणको अवसर खोजिरहेको व्यक्तिहका लागि अवसर भएको जानकारी दिए ।

सो अवसरमा उद्यमीहरुले आफ्नो सेवा तथा उत्पादन प्रदर्शन गरेका थिए । त्यस्तै सम्मेलनमा रिपोर्ट सार्वजनिक गरिएको थियो । सो रिपोर्ट अनुसार उमशीलतामा नेवार समुदायका पुरुषहरुको बर्चस्व बढी छ । त्यस्तै यस क्षेत्रमा विशेष ४० बर्ष भन्दा कम उमेर समुह लागेका छन् ।

सोसल इन्टरप्राइज एक्टिभेसन (एसइए) द्वारा प्रमाणित तथा किङ्गस् कलेजद्वारा गरिएको उक्त शोधले नेपालमा सामाजिक उद्यमको अवस्थाका बारेमा प्रकाश पार्ने छ । यस क्षेत्रमा कार्य गर्नेहरूले सामाजिक उद्यमलाई कसरी व्याख्या र विश्लेषण गर्छ भन्ने कुरालाई प्रकाश पार्न मद्दत गर्ने आयोजकको विश्वास छ ।

सामाजिक उद्यमशिलताले कृषि,शिक्षा, स्वास्थ्य,बेरोजगारीजस्ता विषयलाई समेटेपनि यसका सरकारको  ध्यान कम गएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL