Logo

अर्विटले दियो प्रहरीलाई अग्रेजी भाषा प्रशिक्षण, २० दिने तालिममा २६ जना सहभागी

अर्विटले दियो प्रहरीलाई अग्रेजी भाषा प्रशिक्षण, २० दिने तालिममा २६ जना सहभागी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अर्विट इन्टरनेशनलले प्रहरी अधिकृतहरुलाई अग्रेजी भाषाको तालिम दिएको छ । नेपाल प्रहरीलाई अग्रेजी भाषामा दक्ष बनाउने उद्देश्य अनुरुपमा अर्विटले नेपाल प्रहरीलाई तालिम प्रदान गरेको हो ।

२० दिनसम्म संचालित उक्त तालिममा २६ जना प्रहरी अधिकृतहरु सहभागी थिए । जसमा महानगरीय अपराध महाशाखाका प्रहरी अधिकृतहरुले सहभागिता जनाएका थिए । अर्विटले आइतबार एक कार्यक्रमका आयोजना गरी अपराध महाशाखा प्रमुख सर्वेन्द्र खनालको प्रमुख आतित्यथामा तालिममा सहभागी प्रहरी अधिकृतहरुलाई प्रमाणपत्र समेत वितरण गरेको थियो ।

अनुसन्धानको क्रममा अग्रेजी भाषा अनिवार्य भइसकेको र सोही अनुरुप प्रहरी अधिकृतलाई भाषाको प्रशिक्षण लिन पठाएको महाशाखा प्रमुख सर्वेन्द्र खनालले बताए । सेवामा रहदा वा सो भन्दा पछिको समयमा पनि अग्रेजी भाषा उत्तिकै महत्वपूर्ण रहेको उनको भनाइ थियो ।

अर्विटले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत समय समयमा ट्रफिक प्रहरी, नेपाली सेना, गृहिणी, महिला सभासदलगायतलाई अग्रेजी भाषाको प्रशिक्षण दिदै आएको अर्विटका प्रमुख कार्यकारी अधिकृत राधेश्याम मल्लले जानकारी दिए ।

खराव काम गर्ने कन्सल्टेन्सीलाई प्रहरी र शिक्षा मन्त्रालयको कारवाही र असल काम गर्नेलाई प्रोत्साहन गरेर अर्विट टिमलाई उत्साहित बनाएको समेत सीईओ मल्लले बताए । सो कार्यक्रम अर्विटका सञ्चालक केशवप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL