Logo

लकडाउन अवधिको शुल्क नलिन निजी विद्यालयलाई मन्त्रालयको निर्देशन

लकडाउन अवधिको शुल्क नलिन निजी विद्यालयलाई मन्त्रालयको निर्देशन



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षण संस्था सञ्चालन नभएको अवधिको शुल्क नलिन निजी विद्यालयहरुलाई निर्देशन दिएको छ ।

सोमबार एक विज्ञप्ति जारी गदै मन्त्रालयले लकडाउनको अवधिमा विद्यालयहरु बन्द गरिएको भन्दै बन्द गरिएको समयको शुल्क नलिन निर्देशन दिएको हो । मन्त्रालयले आफ्नो विज्ञप्तीमार्फत शुल्क नलिन निजी विद्यालयको छाता संस्था प्याब्सन, एनप्याब्सनलाई सचेत गराएको हो । आइतबार निजी विद्यालयका छाता संस्थाहरु प्याब्सन र एनप्याब्सनले गत वर्षको बाँकी र शैक्षिक सत्र २०७७ को शुल्क बुझाउन अपिल गरेका थिए ।

विज्ञप्तिमा प्याब्सन, एनप्याब्सनले गरेको अपिलप्रति मन्त्रालयको ध्यानार्कषण भएको उल्लेख छ । चैतदेखि शिक्षण संस्था बन्द छन् । निजी विद्यालय सञ्चालकहरुले लकडाउनको अवधिमा सरकारले कुनै राहत नदिएको भन्दै शुल्क उठाउनु परेको जिकिर गरेका थिए । विद्यालयहरुले भोग्नु परेको समस्याको बारेमा छलफल गर्न सकिने मन्त्रालयले जनाएको छ ।

असार १ गतेदेखि सञ्चालन गरिएको वैकल्पिक कक्षासम्बन्धी कुनै समस्या भए विद्यालयले सम्बन्धित स्थानीय तहसँग समन्वय गर्नुपर्ने शर्माले बताए । विद्यालयको शुल्क सम्बन्धी अनुगमन र रेखदेख स्थानीय तहले गर्दै आएका छन् । मन्त्रालयले पनि विद्यालहरुलाई स्थानीय तहसँग परार्मश गर्न आग्रह गरेको हो ।

लकडाउन अवधिको शुल्क नलिन निजी विद्यालयलाई मन्त्रालयको निर्देशन


प्रतिक्रिया दिनुहोस्
MBL