Logo

विद्यार्थी भर्ना नलिन शिक्षा मन्त्रालयको निर्देशन, अनलाईन क्लासको नाममा पैसा असुल्न रोक

विद्यार्थी भर्ना नलिन शिक्षा मन्त्रालयको निर्देशन, अनलाईन क्लासको नाममा पैसा असुल्न रोक



काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले अर्काे निर्णय नआउँदासम्म कुनै पनि विद्यार्थीको भर्ना नलिन निर्देशन दिएको छ । मन्त्रालयले मंगलबार एक विज्ञप्ती जारी गर्दै हाललाई सम्पुर्ण विद्यालयहरुको पठनपाठन तथा भर्ना स्थगित गरेको हुनाले अर्काे निर्णय नआउँदासम्म कुनै पनि कक्षा वा तहमा नयाँ भर्ना नलिन निर्देशन दिएको हो ।

laxmi

यस्तै मन्त्रालयले विभिन्न अनलाईन पठनपाठनको नाममा शुल्क लिने वा बैंकमा पैसा जम्मा गर्न लगाउने जस्ता क्रियाकलाप पनि गर्न नलागाउन निर्देशन दिएको छ । हाल विद्यालयहरुले अनलाइन कक्षाको नाममा शुल्क लिने क्रम बढेसँगै मन्त्रालयले उक्त निर्देशन दिएको हो।

कक्षा १० को अन्तिम परिक्षा अर्थात एसईई बारेमा पनि सुक्ष्म अध्ययन भईरहेको विज्ञप्तीमा उल्लेख छ । यसको बारेमा मन्त्रालयबाट सुक्ष्म अध्ययन भईरहेका कारण हालसम्म कुनै निर्णय नभएको समेत बताईएको छ ।

यस्तै मन्त्रालयले निजी विद्यालयहरुले एक महिनाको शुल्क आवास शुल्क बाहेक अन्य कुनैपनि शुल्क नलिन समेत निर्देशन दिएको छ । नेपाल सरकारले यसअघि निजी विद्यालयले आवाश शुल्कबाहेक सबै शुल्क छुट गर्ने निर्णय गरेको थियो ।

विद्यार्थी भर्ना नलिन शिक्षा मन्त्रालयको निर्देशन, निजी विद्यालयले अनिवार्य एक महिनाको शुल्क छुट दिनुपर्ने

प्रतिक्रिया दिनुहोस्
MBL