Logo

२ महिनामै आयात भयो १ करोड ३० लाख डटपेन, कुन देशबाट कति ?

२ महिनामै आयात भयो १ करोड ३० लाख डटपेन, कुन देशबाट कति ?



काठमाडौं । चालु आर्थिक बर्षको २ महिनामा मात्रै १ करोड ३० लाख बढि डटपेन आयात भएको छ । भन्सार विभागका अनुसार ७ करोड ६६ लाख रुपैयाँ बराबरको बल पोईन्ट डटपेन विभिन देशबाट नेपाल आयात भएको हो ।

नेपालमा अन्य शैक्षिक सामग्रीको आयात पनि उत्तिकै मात्रामा भएको तथ्यांकले देखाएको छ । चालु आर्थिक बर्षको २ महिनामा विभिन्न देशहरुबाट १ करोड ३० लाख १३ हजार ७ सय ४ ओटा डटपेन आयात भएका हुन । यस्तै उक्त अवधिमा मार्कर ४ लाख ओटा, फाउन्टेन पेन २ लाख ओटा र पेन्सिल ३ लाखओटा आयात भएका छन । यस्तै पेन्सिलको निव, डटपेनको निव र रिफिल पनि उत्तिकै मात्रामा आयात भएको तथ्याङ्कले देखाएको छ ।

यस्तै सोही मात्रामा अन्य देशबाट नेपालमा बोर्ड, चक लगायतका बस्तुहरु पनि आयात भएका छन । तथ्याङ्क अनुसार उक्त बलपोईन्ट डटपेन खासगरी भारत, सिंगापुर, चीन र जर्मनी लगायतका देशहरुबाट आयात भएका हुन ।

चालु आवको पहिलो २ महिनामा भारतबाट मात्रै १ करोड २३ लाखओटा डटपेन आयात भएका हुन । साथै बेलायतबाट पनि यस्ता डटपेनहरु आयात हुनेगरेको तथ्याङ्कले देखाएको छ । बेलायतबाट भने सो अवधिमा ४ सय ओटा डटपेन आयात भएका हुन ।

साथै चीनबाट ३ लाख ८० हजार, ईन्डोनेशियाबाट १ हजार ५ सय, जापानबाट ३ लाख, थाईल्याण्डबाट १ हजार ४, भियतनामबाट २४ हजार ३ सय ४४ ओटा डटपेन आयात भएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL