Logo

कक्षा ११ को नतिजा प्रकाशित, यसरी हेर्न मिल्छ नतिजा

कक्षा ११ को नतिजा प्रकाशित, यसरी हेर्न मिल्छ नतिजा



काठमाडौं । यो वर्षको कक्षा ११ को नतिजा प्रकाशित भएको छ । मंगलबार बिहान १० बजे बसेको राष्ट्रिय परीक्षा बोर्डलेको बैठकले परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेलगत्तै नतिजा सार्वजनिक गरिएको हो ।

laxmi

यो वर्ष बैशाख २९ देखि जेठ १४ गतेसम्म संचालित परीक्षामा करिब ४ लाख ८ हजार परीक्षार्थी सहभागि भएका थिए । बोर्डले विज्ञान, व्यवस्थापन, कानुन, शिक्षा गरी चारै समुहको परीक्षाफल एकैसाथ प्रकाशित गरिएको छ । बोर्डका अनुसार कक्षा ११ को नतिजा हेर्नका लागि बोर्डको वेबसाईटमा गएर हेर्न सकिनेछ ।

यस्तै नेपाल टेलिकमको वेबसाईटबाट पनि नतिजा हेर्न सकिने बोर्डले जानकारी दिएको छ । बोर्डको वेबसाईट https://www.neb.gov.np/results र नेपाल टेलिकमको वेबसाईट http://neb.ntc.net.np/ बाट नतिजा हेर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL