Logo

नेपाल–चीन शैक्षिक मेला, नेपाली विद्यार्थीलाई चिनियाँ विश्वविद्यालयको बारेमा जानकारी

नेपाल–चीन शैक्षिक मेला, नेपाली विद्यार्थीलाई चिनियाँ विश्वविद्यालयको बारेमा जानकारी



काठमाडौं । नेपाल र चीनबीच शैक्षिक मेला आयोजना हुने भएको छ । यहि वैशाख ८ र ९ गते दुई देशका शिक्षा क्षेत्रमा काम गर्दै आएका निकायबीच ‘सेकेण्ड द वेल्ट एण्ड रोड नेपाल चाइना एजुकेशन फेयर’ संचालन हुन लागेको हो । वल्ड ट्रेड सेन्टर त्रिपुरेश्वमा संचालन हुने उक्त मेलामा विभिन्न चिनियाँ विश्वविद्यालय र नेपाली कन्सलटेन्सको २५ वटा स्टल रहने छन ।

सभामुख कृष्णवहादुर महराले उद्घाटन गर्ने उक्त कार्यक्रममा दुई देशका व्यवसायी, अभिभावक र विद्यार्थीबीच अन्तरक्रिया हुने आयोजक चिनीयाँ भाषा शिक्षक संघका सचिव रामचन्द्र कार्कीले बताए । मेलामा दुबै देशमा संचालन भइरहेको शिक्षा प्रणाली, अवसर र अनुभव आदान प्रदान हुनेछ ।

करिव १० लाख रुपैयाँ खर्चेर गर्न लागिएको उक्त मेलामा दुबै देशका गरी १० हजार अवलोकनकर्ताले भ्रमण गर्ने जानकारी संघले दिएको छ । मेला संचालन हुने दुई दिनमध्ये पहिलो दिन शैक्षिक स्टलहरूको अवलोकन र दोस्रो दिन अन्तरक्रिया कार्यक्रम आयोजना हुनेछन ।

प्रतिक्रिया दिनुहोस्
MBL