Logo

पाम आयलले बढायो निर्यात, तीन महिनामा व्यापार घाटाको खाडल ३ खर्ब ७ अर्ब

पाम आयलले बढायो निर्यात, तीन महिनामा व्यापार घाटाको खाडल ३ खर्ब ७ अर्ब



काठमाडौं । पछिल्लो समय नेपालको निर्यात व्यापारमा सुधार हुँदै आएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक बर्षको ३ महिनामा नेपालबाट निर्यात हुने बस्तुको हिस्सा बढेको छ भने आयातमा गिरावट आएको छ ।

laxmi

तथ्याङ्क अनुसार ३ महिनामा नेपालको कुल वस्तु निर्यात १४.४ प्रतिशतले वृद्धि भएको छ भने आयातमा १०. ३ प्रतिशतले गिरावट आएको छ । तर सो अबधिमा कृतिम तरिबाट नेपालको निर्यात बढेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

सो अबधिमा नेपालबाट सबैभन्दा बढि ५ अर्ब ७५ करोड रुपैयाँको पाम आयात निर्यात भएको छ । नेपालबाट ३ महिनामा २५ अर्बको बस्तु निर्यात भएकोमा नेपालमै उत्पादन नहुने पाम आयलको निर्यात हिस्सा कुल निर्यात व्यापारको २१.२ प्रतिशत अर्थात ५ अर्ब ७५ करोड रुपैयाँको छ ।

पछिल्लो समय तथ्याङ्कले निर्यात व्यापारले देशको अर्थतन्त्र सकारात्मक बाटोमा गईरहेको देखाएपनि नेपालमै उत्पादन नहुने पाम आयलले उच्च हिस्सा ओगट्दा त्यसले देशको अर्थतन्त्रमा टेवा नपुग्ने सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

यसैगरी नेपालबाट बढि निर्यात हुने बस्तुको दोस्रो स्थानमा गलैँचा रहेको छ । पछिल्लो ३ महिनामा १ अर्ब ९५ करोड रुपैयाँको निर्यात भएको उक्त गलैंचाले कुल निर्यातको ७ दशमलव २ प्रतिशत हिस्सा ओगटेको छ ।

नेपाल सरकारले आयात नीतिमै कडाई गरेपछि चालू आबमा आयातको हिस्सा समेत घटेको छ । गत आबको पहिलो ३ महिनामा नेपालको आयात ६ प्रतिशतले बढेकोमा चालू आबको सोही अबधिमा खुम्चदै १० प्रतिशतले गिरावट आएको छ । सो अबधिमा ३ खर्ब ३४ अर्ब ९५ करोड रुपैयाँको बस्तु तथा सेवा आयात भएको छ ।

विशेषगरी पेट्रोलियम पदार्थ, सवारीसाधन र पार्टपुर्जा, लत्ताकपडा लगायत वस्तुको आयातमा गिरावट आएको छ । पछिल्लो समय देशमा विजुली उत्पादन बढेसँगै ग्याँस तथा पेट्रोलियम पदार्थको आयात घट्न पुगेको छ भने सरकारी नीतिका कारण सवारीसाधन तथा त्यसका पार्टपूर्जा आयातमा गिरावट आएको छ ।

सो अबधिमा नेपालको निर्यातमा वृद्धि तथा आयातमा गिरावट आएपनि ३ महिनाको व्यापार घाटाभने ३ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ । गत आवको ३ महिनामा उक्त व्यापारघाटा ४५ प्रतिशतले बढेर ३ खर्ब ४९ अर्ब पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL