Logo

हलिउडमा विक्री हुने नेपाली एनिमेशनमा कर लाग्ने, सफ्टवेयर निर्माता कम्पनी पनि करको दायरामा

हलिउडमा विक्री हुने नेपाली एनिमेशनमा कर लाग्ने, सफ्टवेयर निर्माता कम्पनी पनि करको दायरामा



काठमाडौं । सरकारले नेपालमा निर्माण गरेर हलिउडमा बेच्ने गरेको एनिमेशनलाई पनि करको दायरामा ल्याउने भएको छ । यसअघि बाहिर विक्री हुने एनिमेशन र सफ्टवेयरलाई करको दायरामा ल्याउन नसकिएको बेला अब भने यस्ता कम्पनीहरुलाई पनि सरकारले करको दायरामा ल्याउन लागेको हो ।

नेपाल उद्योग परिसंघले आयोजना गरेको कर बिषयक अन्तरक्रिया कार्यक्रममा राजस्व सचिव शिशिर कुमार ढुङ्गानाले नेपालबाट विदेश जाने एनिमेशन, सफ्टवेयर लगायतका सेवामा पनि कर लगाउने तयारी भैरहेको जानकारी दिएका हुन । ‘हाल नेपालबाट धेरै कम्पनीहरुले एनिमेशन बनाएर हलिउडलाई बेच्ने गरेका छन,’ उनले भने, ‘यस्ता एनिमेशनलाई पनि करको दायरामा ल्याउन सरकार लागिपरेको छ ।’

उनले नेपालमा उत्पादन हुने सफ्टवेयरमा कर लगाउने तथा बाहिरबाट आउने सफ्टवेयरमार्फत पनि राजस्व संकलन गरिने समेत जानकारी दिएका छन । पछिल्लो समय धेरै जसो नेपाली सफ्टवेयर निर्माता कम्पनीहरुले नेपालमा बनाएको सफ्टवेयर यूरोप, अमेरिका, अष्ट्रेलियमा बिक्री गर्दै आएको छन् । जसवापत बार्षिक रुपमा करोडौं अर्बौै रुपैयाँ भित्रने गरेपनि सरकारले भने सो वापतको राजस्व गुमाउँदै आएको छ ।

पछिल्लो समय ईन्सेस्स्यान्ट रेन स्टुडियो, आईड्रिम स्टुडियो, नेपक्रियसन, माया लगायतका दर्जन बढी एनिमेशन कम्पनीहरुले नेपालमा एनिमेशन उत्पादन गरेर हलिउड लगायतका अन्तरराष्ट्रिय चलचित्रमा बेच्ने गरेका छन । जसमार्फत उक्त कम्पनीहरुले बार्षिक करोडौं आम्दानी गर्ने भएपनि सरकारलाई भने कुनै फाईदा नहुने गरेको अर्थमन्त्रालयको भनाई छ ।

एनिमेशन कम्पनीहरुले एनिमेशन बेचेर बार्षिक कमाएको आम्दानीबाट कर कट्टी गर्ने योजना रहेको राजस्व सचिव ढुङ्गानाले जानकारी दिए । नेपालमा एनिमेशन फिल्म निर्माणका लागि धेरै लागत लाग्ने भएपछि नेपालमा बनाईएको एनिमेशन भने बाहिर पठाउने गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL