Logo

‘डुइङ बिजनेसमा’ नेपालको १६ स्थान सुधार, ऋण लिन सजिलो तर कर तिर्नै अप्ठ्यारो

‘डुइङ बिजनेसमा’ नेपालको १६ स्थान सुधार, ऋण लिन सजिलो तर कर तिर्नै अप्ठ्यारो



काठमाडौ । व्यवसाय संचालनका लागि सहयोगी वातावरण निर्माणमा नेपालले सुधार गरेको पाइएको छ । विश्व बैंकले बिहिबार बिहान सार्वजनिक गरेको ’डुइङ बिजनेस प्रतिवेदन २०२०’ अनुसार १९० देशमध्ये नेपालले गत बर्षको आफ्नो स्थानमा सुधार गर्दै १६ स्थान माथी उक्लिएको हो । प्रतिवेदन अनुसार सन २०२० मा नेपाल ९४ औ स्थानमा पुगेको छ । सन २०१९ मा नेपाल ११० औं स्थानमा थियो ।

नेपालले डुइङ बिजनेसमा कुल ६३.२ अंक प्राप्त गरेको छ ।

विश्व बैंकले विभिन्न १० ओटा सुचकको आधारमा डुइङ बिजनेसको समग्र प्रतिवेदन तयार गर्छ । जसमध्ये ऋण प्राप्त गर्न नेपालमा तुलनात्मक सजिलो देखिएको छ । यो सुचकमा नेपालको ३७ औं स्थान छ । तर कर तिर्नै नेपालमा अप्ठ्यारो परिस्थिती देखिन्छ । यो सुचकमा नेपालको स्थान १७५ औं रहेको छ ।

यसबाहेक व्यवसाय सुरु गर्ने सुचकमा १३५ औं, निर्माण अनुमतिमा १०७ औं, विद्युत प्राप्तिमा १३५ औं, कम्पनी दर्तामा ९७ औं, साना लगानीकर्ताको सुरक्षामा ७९ औं, क्रस बोर्डर व्यापारमा ६० औं, समस्या समाधानमा ८७ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL