Logo

शोधनान्तर स्थिती बचतमा, आयात घट्दा निर्यात २६ प्रतिशतले बढ्यो

शोधनान्तर स्थिती बचतमा, आयात घट्दा निर्यात २६ प्रतिशतले बढ्यो



काठमाडौं । अघिल्लो बर्षमा लगातार गिरावट आएको शोधनान्तर स्थिती आर्थिक बर्ष २०७६/७७ मा बचमा देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आबको पहिलो दुई महिनामा देशको शोधनान्तर स्थिती ८ अर्ब ८३ करोड रुपैयाँले बचमा रहेको छ । जबकि गत आबको सोही अवधिमा शोधनान्तर स्थिति २५ अर्ब ४५ करोड रुपैयाँले घाटामा रहेको थियो ।

यसैगरी देशको निर्यात व्यापारमा पनि सुधार आएको छ । यस अघिका बर्षमा देशको आयात उच्च रहेकोमा चालू आबको पहिलो दुई महिनामा गिरावट आएको छ । यसैगरी निर्यातमा उल्लेख्य वृद्धि भएको छ । तथ्याङ्क अनुसार सो अबधिमा आयात १ दशमलव २ प्रतिशतले घट्दा निर्यातमा २५ दशमलव ९ प्रतिशतले वृद्धि भएको छ ।

सो अबधिमा कुल १८ अर्ब ५० कुरोड रुपैयाँको निर्यात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८ प्रतिशतले मात्र वृद्धि भएको थियो । देशगत आधारमा भारततर्फ कुल निर्यातको ४६ प्रतिशत र अन्य मुलुकतर्फ शुन्य.६ प्रतिशतले निर्यात वृद्धि भएको छ । तर चीनतर्फको निर्यातमा १७.४ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पाम तेल, अलैंची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), कपडा लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, जुस, तार, तयारी पोशाक, पश्मिना लगायतका वस्तुको निर्यात घटेको छ ।

यसैगरी सो अबधिमा १ दशमलव २ प्रतिशतले आयात घट्दै २ खर्ब २९ अर्ब ५० करोड रुपैयाँको मालसामान भित्रिएको छ । घिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३८ दशमलव ५ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २ प्रतिशत र १९.८ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३९.२ प्रतिशतले बढेको छ ।

वस्तुगत आधारमा तयारी पोशाक, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पाटपुर्जा, हटरोल सिट, रासायनिक मल लगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाज तथा पार्टपुर्जा, एम.एस. बिलेट, सुन, पेट्रोलियम पदार्थ, सिमेन्ट लगायतका वस्तुको आयात घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL