Logo

दयनीय बन्दै पूँजीगत खर्च परिचालन, गत बर्षको भन्दा ५० प्रतिशतले घट्यो

दयनीय बन्दै पूँजीगत खर्च परिचालन, गत बर्षको भन्दा ५० प्रतिशतले घट्यो



काठमाडौं । देश दुई तिहाईको स्थायी सरकार आएसँगै पूर्वाधार निर्माणको काम अघि बढ्ने आसा गरिएपनि ठिक त्यसको विपरित संकुचित हुँदै गएको छ । सरकारको पूँजीगत खर्च ज्यादै न्यून भएसँगै देशमा विकास निर्माणको कामले गति लिन नसकेको हो ।

laxmi

महालेखा नियन्त्रकको कार्यालयको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७६/७७ को पहिलो ३ महिनामा पूँजीगत खर्च ४ दशमलव ५३ प्रतिशत मात्र रहेको छ । जबकि गत आबको सोही अबधिमा यस्तो खर्चको अनुपात १० प्रतिशतभन्दा बढि रहेको थियो ।

सरकारले ३ महिनाको अबधिमा १८ अर्ब रुपैयाँ मात्र पूँजीगत खर्च गर्न सफल भएको छ । यसैगरी सो अबधिमा सरकारको चालू खर्च र वित्तीय खर्च समेत जोड्दा पनि बजेट परिचालनको स्थिती दयनीय नै रहेको छ । सो अबधिका सरकारले कुल बजेटको ११ दशमलव ८० प्रतिशत मात्र परिचालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL