Logo

नेपालको प्रतिस्पर्धी वातावरणमा सुधार, अग्र स्थानमा सिंगापुर

नेपालको प्रतिस्पर्धी वातावरणमा सुधार, अग्र स्थानमा सिंगापुर



काठमाडौं । नेपालको प्रतिस्पर्धी वातावरणमा सुधार आएको छ । वर्ल्ड इकोनोमिक फोरमले प्रकाशन गर्ने ग्लोबल कम्पिटिटिभनेस रिपोर्ट अनुसार नेपालको प्रतिस्पर्धी वातावरणमा सुधार आएको हो ।

laxmi

उक्त रिपोर्टअनुसार नेपालको १ स्थान सुधार हुँदै १०८ स्थानमा उक्लिएको छ । फोरमले १ सय ४१ देशको आर्थिक स्थितीको बारेमा अध्ययन गरेको थियो ।

जसमा ५१ दशमलव ६ अंक प्राप्त गर्दै १०८ स्थानमा उक्लिएको हो । रिपोर्ट अनुसार ८४ दशमलव ८ अंक प्राप्त गर्दै सिंगापुर अग्र स्थानमा रहेको छ ।

वल्र्ड इकोनोमी फोरमले विभिन्न १२ वटा सूचकले अर्थतन्त्रको प्रतिस्पर्धाको स्थितीलाई मापन गर्ने गर्छ ।

दक्षिण एशियाली देशमा भारतले ६१ दशमलव ४ अंक ल्याउदै ६८ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL