Logo

तीन कम्पनी विरुद्ध राजस्व अनुसन्धानको ३६ करोडको मुद्दा, नक्कली विल जारी गर्ने एउटै कम्पनीलाई २२ करोड विगो

तीन कम्पनी विरुद्ध राजस्व अनुसन्धानको ३६ करोडको मुद्दा, नक्कली विल जारी गर्ने एउटै कम्पनीलाई २२ करोड विगो



काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व छली गर्ने कम्पनी विरुद्ध मुद्दा दायर गरेको छ । विभागले राजस्व छली गर्ने विभिन्न ३ कम्पनी माथी ३६ करोड २४ लाख विगो सहितको जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

laxmi

विभागले सबैभन्दा बढि नक्कली विल विजक जारी गर्ने ए.एस. हार्डवेयर विरुद्ध २२ करोड २६ लाख रुपैयाँको विगो सहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरको हो । कम्पनीका प्रोपाईटर सरला श्रेष्ठलगायत ७ जना विरुद्ध नक्कली विल विजक जारी गरी राजस्व चुहाव गरेको ठहर गर्दै विभागले मुद्दा दायर गरेको हो । साथै विभागले उक्त विगो असुल गरी विगोको दोब्बर जरिवाना सहित ३ बर्षको कैद सजायको माग सहित जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

यसैगरी विभागले बारा जिल्लाको रुक्मणी इन्ड्रष्टिज प्रालि विरुद्ध अन्तशुल्क लगायतको कर छली गरेको भन्दै १२ करोड ४६ लाख विगो सहितको मुद्दा दायर गरेको छ । सो कम्पनीले अन्तशुल्क इजाजत पत्र नलिई अन्त शुल्क लाग्ने बस्तु विक्री गरेको र सोमा लाग्ने मूल्य अभिवृद्धि करमा समेत असुल नगरी कारोबार गरेको भन्दै कम्पनीका संचालक एकता जाजौडिया तथा स्वेता जाजौडियालाई जरिवाना र कैद सजायको माग सहित मुद्दा दायर गरेको हो ।

विभागले मालसामान चोरी पैठारी गरी बिक्री गर्ने कम्पनी विरुद्ध पनि राजस्व चुहावट गरेको भन्दै मुद्दा दायर गरेको छ । कपिलबस्तु जिल्लाको कृष्ण ट्रेडिङ सप्लायर्स विरुद्ध मुद्दा दायर गरेको हो । सो कम्पनीका मालिक मनिष लोहारले कर्मचारी सुनिलकुमार गुप्ताको नाममा चोरी पैठारीका मालसामान ल्याए बिक्री गरी राजस्व चुहावट गरेको भन्दै १ करोड ३० लाख रुपैयाँ बिगो सहितको मुद्दा दायर गरेको विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL