काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालीले स्वीस बैंकमा राखेको पैसाको विषयमा छानविन भईरहेको बताएका छन । बिहीबार संघीय प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपालीहरुले स्वीस बैंकमा राखेको ५३ अर्ब रुपैयाँको विषयमा छानविन भईरहेको बताएका हुन ।
संसदमा सांसदहरुले स्वीस बैंकको पैसाको विषयमा प्रश्न उठाए पछि अर्थमन्त्रीले हाल छानविन भईरहेको बताएका हुन । साथै मन्त्री खतिवडाले ट्याक्स हेवन मुलुकहरुमा नेपालीको नामसँग मिल्दा जुल्दा नाममा पैसा राखेको भन्ने सूचनाको आधारमा समेत अनुसन्धान भइरहेको जानकारी दिएका छन ।
केही समय अघि नेपाललिक्सले स्वीस बैंकमा नेपालीहरुको ठूलो मात्रामा पैसा रहेको तथ्य सार्वजनिक गरेको थियो । विदेशमा रहेको नेपालीहरुको खाताको अनुसन्धान गर्न छुट्टै इकाई गठन गरेको समेत उनले जानकारी दिए ।
उनका अनुसार अर्थमन्त्रालयको राजस्व सचिवको अध्यक्षतामा गठित ईकाइले राष्ट्र बैंक, नेपाल प्रहरीको अनुसन्धान विभाग, वित्तीय जानकारी इकाइले काम गरिरहेको छ ।