Logo

११ महिनामा ४६ करोडको विदेशी डटपेन खपत, व्यापारघाटा १२ खर्ब पुग्यो

११ महिनामा ४६ करोडको विदेशी डटपेन खपत, व्यापारघाटा १२ खर्ब पुग्यो



काठमाडौं । पछिल्लो ११ महिनामा नेपालीहररुले ४६ करोड रुपैयाँ बराबरको लेख्ने डटपेन खपत गरेका छन । नेपालमै डटपेनहरु निर्माण हुने भएपनि भारत लगायतका देशहरुबाट ४६ करोड ९७ लाख रुपैयाँ बराबरका ८३ करोड ओटा पेन आयात भएका हुन ।

laxmi

यस्तै सोही अवधिमा मार्कर लगायतका अध्यापनमा प्रयोग हुने बस्तुको आयात पनि उहि अनुसार धेरै नै छ । विभागको तथ्याङ्क अनुसार ११ महिनामा ६९ लाख ओटा मार्कर मात्रै आयात भएका छन ।

यसरी दिनानुदिन निर्यात हुने तथा आन्तरिक बस्तुको खपत भन्दा बाह्य बस्तुको खपत सँगै आयात बढ्नाले व्यापारघाटा बढ्दै जाने सम्बद्ध उद्योगीहरुले जानकारी दिएका छन । उद्योगीका अनुसार नेपालीको बानीमा परिवर्तन गर्दै नेपाली उत्पादनको प्रयोग बढाउनाले व्यापारघाटा विस्तारै कम गर्न सकिने छ ।

विभागको ११ महिनाको तथ्याङ्क अनुसार व्यापारघाटा मात्रै १२ खर्ब बढी पुगेको छ । नेपाबाट निर्यात हुनेभन्दा नेपालमा आयात हुने बस्तुहरुको उच्च खपतका कारण १२ खर्ब ११ अर्ब ९६ करोड रुपैयाँ व्यापारघाटा पुगेको छ । उक्त ११ महिनामा नेपालबाट ८७ अर्ब ८३ करोड रुपैयाँ बराबरको बस्तु निर्यात हुँदा १२ खर्ब ९९ अर्ब बराबरको बस्तु आयात भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL