Logo

‘राजस्व बोर्ड’ साउनमै गठन, व्यवसायीले अनलाईनबाटै गुनासा र सुझाव राख्न पाउने

‘राजस्व बोर्ड’ साउनमै गठन, व्यवसायीले अनलाईनबाटै गुनासा र सुझाव राख्न पाउने



काठमाडौं । सरकारले आगामी आर्थिक बर्षको पहिलो महिनाबाटै राजस्व बोर्ड गठन गरी कार्यान्यनमा ल्याउने भएको छ ।

उद्योगी व्यवसायीका कर सम्बन्धी समस्या समाधान गर्नका लागि साउनबाटै राजस्व बोर्ड गठन गरी कार्यान्यनमा ल्याउन लागिएको राजस्व सचिव लालशंकर घिमिरेले जानकारी दिए ।

सरकारले बोर्डमा निजी क्षेत्रको बहुमत सदस्य रहनेगरी बोर्ड गठन गर्ने तयारी गरेको छ । उक्त बोर्डमा निजी क्षेत्रको तर्फबाट कम्तीमा ५१ प्रतिशत सदस्य रहने समेत उनले जानकारी दिए ।

सरकारले आगामी आर्थिक बर्षको बजेटमार्फत कर राजस्वमा देखिएको समस्या समाधान गर्न बोर्ड गठन गर्ने उल्लेख गरेको थियो । सोही अनुरुप अर्थमन्त्रालयले गठन प्रक्रिया अघि बढाएको हो ।
बोर्ड गठनसँगै हाल उद्योगी व्यवसायीमाझ देखिएका समस्या समाधान हुने उनको तर्क थियो ।

अहिले राजस्व परामर्श समितिको बैंठक समयमै बस्न नसक्ने तथा मन्त्रालय र सम्बन्धित विभागले पदाधिकारीले व्यवसायीलाई समय दिन नसक्दा समस्या उत्पन्न भएको छ,’ उनले भने, ‘बोर्ड गठन भएसँगै उद्योगी व्यवसायीले अनलाईनमार्फत नै आफ्ना समस्या राख्न पाउने र समयसमयमा बोर्डको बैंठक बस्ने भएकाले अब त्यस्ता समस्या दोहोरिँदैन ।’

प्रतिक्रिया दिनुहोस्
MBL