Logo

महालेखाले राष्ट्रिय योजना आयोगको पनि लेखापरिक्षण गर्ने, रोकिएला अनियमितता ?

महालेखाले राष्ट्रिय योजना आयोगको पनि लेखापरिक्षण गर्ने, रोकिएला अनियमितता ?



काठमाडौं । महालेखापरिक्षकले अब राष्ट्रिय योजना आयोगको पनि लेखा परीक्षण गर्ने भएको छ । हालसम्म अन्य सरकारी तथा गैरसरकारी निकायहरुको लेखा परिक्षण गरिँदै आएकोमा आगामी आर्थिक बर्षदेखि राष्ट्रिय योजना आयोगको पनि लेखा परिक्षण गरिने महालेखापरिक्षक टंकमणी शर्मा दंगालले जानकारी दिएका छन ।

महालेखा परिक्षकको कार्यालयको ६१ औं बार्षिकोत्सवमा बोल्दै महालेखापरिक्षक शर्मा दंगालले आयोगसँग लेखापरिक्षण गर्ने सम्बन्धी सहमति भईसकेको र आगामी बर्षदेखि नै लेखापरिक्षण सुरु गरिने जानकारी दिएका हुुन । यस्तै उनले लेखापरिक्षण गर्दा विभिन्न निकायले अनियमितता दोहोरिन नदिन लागि सहयोग गर्न आह्वान गरेका छन ।

उनले हालसम्म विभिन्न निकायमा अनियमितता हुँदा त्यसको असर लेखापरिक्षणमा पर्ने बताउँदै यसमा साथ दिन विभिन्न निकायलाई आह्वान गरेका हुन ।

यस्तै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले महालेखापरिक्षण प्रजातन्त्रको उपज भएको बताउँदै यसको संरक्षणमा लाग्दै अनियमितता अन्त्य गर्न लागि पर्ने बताएका छन । उनले महालेखारिक्षणलाई पनि आगामी सन २०३० सम्मको दिगो विकास लक्ष्यको लेखा परिक्षण गर्ने अधिकार भएको बताउँदै आगामी बर्षदेखि नै लेखापरिक्षण गर्नेगरी सहकार्य भएको जानकारी दिए ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले जुनसुकै निकायको लेखापरिक्षण गर्दा अनियमितता नहुने परिपाटी बसाल्नुपर्ने आवश्यक गरेको जानकारी दिए । उनले निजी क्षेत्रमा हुने आर्थिक अनियमिततामा पनि उत्तिकै मात्रामा ध्यान पुर्याएर लेखापरिक्षण गर्न सकिए झनै राम्रो हुने जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL