Logo

नकारात्मक आर्थिक समाचारले बढायो आत्महत्या, सेयर बजार घट्दा ठूलो असर

नकारात्मक आर्थिक समाचारले बढायो आत्महत्या, सेयर बजार घट्दा ठूलो असर



काठमाडौं । आर्थिक सम्बन्धी नकारात्मक समाचारले आत्महत्या बढेको एक अध्ययनले देखाएको छ । खस्किदो अर्थतन्त्र, पेशाविहिनता, घट्दो व्यबसाय, उर्जाको महशुल बढ्नु लगायतका नकारात्मक समाचारहरुले समुदायमा मात्रै नभई मानिसको मानसिक स्वास्थ्यमा पनि असर पारी आत्महत्याका घटना बढेको वल्र्ड ईकोनोमिक फोरमको नयाँ अध्ययनले देखाएको हो ।

laxmi

अध्ययनका अनुसार यस्ता किसिमका समाचारले मान्छेको मानसिक स्वास्थ्यमा गम्भिर असर पार्ने देखिएको छ । यसका साथै जब कुनै राष्ट्रको अर्थतन्त्रको सुचक ओरालो लाग्छ तब मानिसको आत्महत्याको दर पनि उत्तिकै मात्रामा बढेको हुन्छ । सन २००७ मा युरोप र अमेरिकामा भएको आर्थिक संकटमा १० हजार भन्दा बढि मानिसहरुले आत्महत्या गरेको अघिल्लो एक अध्ययनले देखाएको छ ।

यस्तै पछिल्लो बर्ष भने स्टकको सुचकमा गिरावट आएकै कारण पनि धेरैले आत्महत्या गरेका छन । विभिन्न भौगोलिक अवस्थितीका हिसावले पनि आत्महत्याको प्रमुख कारण दर्शाउने उक्त अध्ययनले देखाएको छ । अध्ययनका अनुसार मानिस आफ्नो विकास क्रमसँग आर्थिक विकास पनि जोड्ने र बयस्कतासँगै सोचेको आर्थिक हैसियत पुर्याउन नसक्नाले पनि आत्महत्या गर्ने गरेको पाईएको छ । जुन हाल विभिन्न विकसित मुलुकका पुरुषहरुको औषत संख्या बढी छ ।

अध्ययनका अनुसार सन २००७ मा विश्वमा आर्थिक संकट आएपछि उक्त आर्थिक संकटलाई आफ्नो भावनासँग जोडेर प्रायजसोले आत्महत्या गरेको पाईएको छ । अध्ययनले विभिन्न उपभोक्ताको भावना सुचकांकको आधारमा उक्त रिपोर्ट तयार पारेको थियो । सोही रिपोर्ट अनुसार विश्वमा आर्थिक संकट आएपछि धेरैजसो उपभोक्ताले आफ्नो भविष्यको बारेमा सोच्दै तथा आफ्नो सपनाको बारेमा सोच्दै गरेको उल्लेख छ ।

‘उनीहरुले आफ्नो भविष्यको बारेमा सोच्दै गर्दा आफ्नो जागिर जाने तथा खोसिने चिन्ता लिएको पनि उत्तीकै देखिन्छ,’ रिपोर्टमा उल्लेख छ । यस्तै आय र पेशासँग जोडिएको उपभोक्ताको भावनाले पनि उनिहरुको आत्महत्यासँग प्रत्यक्ष सम्बन्ध राख्ने उक्त अध्ययनको रिपोर्टमा उल्लेख छ ।

साथै उच्च बेरोजगारी, तिव्र मूल्य वृद्धि, व्यबसायीक असफलतामा वृद्धि लगायतका आर्थिक सम्बन्धी नकारात्मक सुचनाले उपभोक्ताको मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्दै डिप्रेसन बढ्ने गर्दछ । अध्ययनका अनुसार हाल उपभोक्ता आत्महत्या मृत्युदर १ प्रतिशतबाट बढेर १० प्रतिशतमा पुगेको छ । यस्तै केही हदसम्म सकारात्मक सुचना प्रवाह गर्न सकियो तथा व्यक्तिगत आर्थिक अवस्थाले पनि आत्महत्याको दरमा केहि हदसम्म कमी ल्याउन मद्धत गर्नै रिपोर्टमा उल्लेख छ । वल्र्ड ईकोनोमिक फोरुमको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
MBL