Logo

साढे ३ गुणाले बढ्यो शोधनान्तरण घाटा, विदेशी मुद्रा संचितीमा पनि गिरावट

साढे ३ गुणाले बढ्यो शोधनान्तरण घाटा, विदेशी मुद्रा संचितीमा पनि गिरावट



काठमाडौं । पछिल्लो १० महिनामा शोधनान्तर घाटा साढे ३ गुणाले बढेको छ । गत आर्थिक बर्षको १० महिनामा शोधनान्तर घाटा १८ अर्ब ९३ करोड रुपैयाँ रहेकोमा चालू आबको सोही अबधिमा आईपुग्दा यस्तो घाटा बढेर ६८ अर्ब २० करोड रुपैयाँ पुगेको छ ।

पछिल्लो समय आयात उच्च रुपमा बढेसँगै देशको शोधनान्तर घाटा तथा विदेशी मुद्रा संचितीमा गिरावट आएको हो ।

सो अबधिमा कुल विदेशी विनिमय संचितीमा पनि ४२ अर्ब रुपैयाँले गिरावट आएको छ । २०७५ असार मसान्तमा .११ खर्ब २ अर्ब ५९ करोड विदेशी मुद्रा संचिती रहेकोमा २०७६ वैशाख मसान्तसम्म आईपुग्दा १० खर्ब ६० अर्ब ७० करोड रुपैयाँमा झरेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७५ असार मसान्तमा ९ खर्ब ८९ अर्ब ४० करोड रहेकोमा २०७६ वैशाख मसान्तमा .९ खर्ब १५ अर्ब ३९ करोड रुपैयाँमा झरेको छ । यसैगरी राष्ट्र बैंक बाहेकका बैंक तथा वित्तीय संस्थाहरू रहेको विदेशी विनिमय संचिती २०७६ वैशाख मसान्तमा १ खर्ब ४५ अर्ब ३१ करोड छ । २०७६ वैशाख मसान्तको कुल विदेशी विनिमय संचितीमा भारतीय मुद्राको अंश २३ दशमलव ६ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा चालु खाता घाटा विस्तार भई २ खर्ब २१ अर्ब ४० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा .१ खर्ब ९२ अर्ब ५ करोड रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL