Logo

कवाडीदेखि ढुवानी सेवासम्मलाई भ्याटमा दर्ता हुन आन्तरिक राजस्वको निर्देशन

कवाडीदेखि ढुवानी सेवासम्मलाई भ्याटमा दर्ता हुन आन्तरिक राजस्वको निर्देशन



काठमाडौं । आन्तरिक राजस्व विभागले कवाडी देखि ढुवानी व्यवसायसम्मलाई मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता हुन निर्देशन दिएको छ ।

विभागले सूचना जारी गर्दै गहुँको आटा, सोयावडी, टेम्पो र ढुवानी व्यवसायमा भ्याट लाग्ने भएकाले अनिवार्य रुपमा त्यस्ता सेवा संचालन गर्ने फर्म वा कम्पनीलाई भ्याटमा दर्ता हुन निर्देशन दिएको हो । आर्थिक विधेयक २०७६ ले मूल्य अभिवृद्धि कर २०५२ मा संसोधन गर्दै त्यस्ता वस्तु तथा सेवाको व्यापारमा भ्याट लाग्ने बनाएको हो ।

नयाँ व्यवस्था अनुसार मदिरा, वाईन, हेल्थ क्लव, डिस्को थेक, मसाज थेरापी, मोटर पार्टस, विद्युतीय सफ्टवेयर भन्सार एजेन्ट, खेलौना व्यवसाय, कवाडी तथा पत्रुको व्यवसाय गर्ने समेत भ्याटमा दर्ता हुनुपर्ने छ ।

साथै महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिका भित्र शैक्षिक तथा कानुनी परामर्श तथा लेखापरीक्षण सम्बन्धी सेवा संचालन गर्नेलाई समेत तत्काल भ्याटमा जान आन्तरिक राजस्व विभागले निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL