Logo

सुदुरपश्चिम प्रदेशले ल्यायो २८ अर्ब १६ करोडको बजेट, प्राथमिकतामा कृषि

सुदुरपश्चिम प्रदेशले ल्यायो २८ अर्ब १६ करोडको बजेट, प्राथमिकतामा कृषि



काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६र७७ का लागि २८ अर्ब १६ करोडको बजेट ल्याएको छ । आर्थिक मामिला मन्त्री झपडबहादुर रावलले आइतबार प्रदेशसभा बैठकमा २८ अर्ब १६ करोड २० लाख ३५ हजारको बजेट प्रस्तुत गरेका हुन ।

चालु खर्चतर्फ १२ अर्ब ५७ करोड २६ लाख र पूँजीगततर्फ १३ अर्ब ६ करोड ७१ लाख विनियोजन गरिएको छ । वित्तीय व्यवस्थापनतर्फ ४० करोड र अन्तरसरकारी वित्तीय हस्तान्तरणतर्फ २ अर्ब १२ करोड २१ लाख ७२ हजार छुट्याइएको प्रदेशले कृषिलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ ।

‘नमुना कृषि गाउँ आफै बनाउ’, ‘मुख्यमन्त्री एकिकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रम’ लगायतका कार्यक्रमलाई प्राथमिकता दिएर कृषिमा आत्मनिर्भर तर्फ अघि बढेको देखिएको छ ।

बजेटमार्फत कृषिका विभिन्न अवरोधलाई पुरा गरी आधुनिक कृषिलाई प्राथमिकतामा राख्ने बजेटले देखाएको छ । सुदुरपश्चिम प्रदेशले कृषकको जीवनस्तर उकास्न विभिन्न चिस्यान केन्द्र, विउविजनमा अनुदान लगायतका कार्यक्रमहरु ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL