Logo

५ नंवर प्रदेशले ३६ अर्ब ४१ करोडको बजेट ल्याउँदा १ नंवर प्रदेशले ल्यायो ४२ अर्बको बजेट

५ नंवर प्रदेशले ३६ अर्ब ४१ करोडको बजेट ल्याउँदा १ नंवर प्रदेशले ल्यायो ४२ अर्बको बजेट



५ नंवर प्रदेशले ३६ अर्ब ४१ करोडको बजेट ल्याएको छ । आर्थिक मामिला मन्त्री संकर पोखरेलले आईतबार आगामी आर्थिक बर्ष २०७६ ७७ का लागि ३६ अर्ब ४१ करोड ६८ लाखको बजेट प्रश्तुत गरेका हुन । ५ नंवर प्रदेशले भने ३ अर्ब बराबरको राजस्व संकलनको लक्ष्य लिएको छ । अघिल्लो बर्ष ५ नंवर प्रदेशले २८ अर्ब ९ करोड रुपैयाँको बजेट ल्याएको थियो ।

यस्तै १ नंवर प्रदेशले भने ४२ अर्ब २० करोडको बजेट ल्याएको छ । आईतबार १ नंवर प्रदेशका आर्थिक मामिला मन्त्री ईन्द्रबहादुर आङदेम्बेले प्रदेशसभा बैठकमा ४२ अर्ब २० करोड ४ लाख १२ हजारको बजेट प्रस्तुत गरेका हुन । आन्तरिक राजस्व ३ अर्ब ८६ करोड उठाउने लक्ष्य लिएको प्रदेश सरकारले अघिल्लो बर्षको खर्च हुन नसकेको ६ अर्ब बजेटसमेट समावेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL