Logo

गण्डकी र कर्णाली प्रदेशले ल्याए यस्तो बजेट, कर्णाली प्रदेशले आन्तरिक राजस्व २५ करोड उठाउने

गण्डकी र कर्णाली प्रदेशले ल्याए यस्तो बजेट, कर्णाली प्रदेशले आन्तरिक राजस्व २५ करोड उठाउने



काठमाडौं । गण्डकी प्रदेशले ३२ अर्ब १३ करोडको बजेट ल्याउँदा कर्णाली प्रदेशले भने ३४ अर्ब ३५ करोडको बजेट ल्याएको छ । गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री किरण गुरुङले आइतबार प्रदेशसभा बैठकमा ३२ अर्ब १३ करोड ४७ लाखको बजेट पेश गरेका हुन् ।

यस्तै गण्डकी प्रदेश चालु खर्चतर्फ १२ अर्ब २८ करोड ९० लाख र पुँजीगततर्फ १९ अर्ब ८४ करोड ९० विनियोजन गरिएको जानकारी दिएको छ ।

कर्णाली प्रदेशले भने चालु आर्थिक बर्षको खर्च हुन नसकेको बजेट जोडी ३४ अर्ब ३५ करोड रुपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले आइतबार प्रदेशसभा बैठकमा ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजारको बजेट पेश गरेका हुन् ।

चालु खर्चतर्फ १३ अर्ब ५ करोड ९६ लाख ५३ हजार र पुँजीगततर्फ २१ अर्ब २९ करोड ३७ लाख ७२ हजार विनियोजन गरिएको कर्णाली प्रदेशमा आन्तरिक राजश्व २५ करोड १० लाख ४१ हजार उठाउने लक्ष्य राखिएको छ । यस्तै चालु बजेटमा खर्च नभएको ८ अर्ब ९४ करोड ७४ लाख ८४ हजार भने आगामी बर्षको बजेटमा जोडिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL