Logo

स्वीट्जरल्याण्डमा विदेशी लगानीकर्तालाई चन्द्र ढकालको आग्रह, नेपालमा लगानीको वातावरण बन्यो ढुक्क भएर आउनुस

स्वीट्जरल्याण्डमा विदेशी लगानीकर्तालाई चन्द्र ढकालको आग्रह, नेपालमा लगानीको वातावरण बन्यो ढुक्क भएर आउनुस



काठमाडौं । रोजगारदाता परिषदका सभापति चन्द्र प्रसाद ढकालले विदेशी लगानीकर्तालाई नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन । अन्तर्राष्ट्रिय श्रम सम्मेलन (आईएलओ) को १०८ औं अधिवेशनलाई जेनेभामा संवोधन गर्दै उनले नेपालमा लगानीको वातावरण बनेको भन्दै लगानी गर्न आग्रह गरेका हुन ।

अधिवेसनमा बोल्दै सभापति ढकालले अन्तर्राष्ट्रिय श्रम संगठनले श्रम क्षेत्रको विकासका लागि निरन्तर काम गर्दै आएकोमा बधाई ज्ञापन गरेका छन । उनले बढ्दो असमानता घटाउन र सामाजिक न्यायको प्रवद्र्धनको लागि सबै पक्ष एकजूट भएर काम गर्नुपर्ने धारण व्यक्त गर्दै सो अधिवेशनबाट कामको भविष्य विषयमा पारित हुने शतवार्षिकी घोषणा कामको भविष्य सम्बन्धि चुनौतीको सामना गर्न कोशेढुङ्गा सावित हुने बताएका छन ।

नेपालको निजी क्षेत्रले संवाद र सहकार्यको माध्यमबाट दीगो र समावेशी आर्थिक विकासको प्रवद्र्धन गरी बढीभन्दा बढी सम्मानजनक रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने धारणा व्यक्त गर्दै सामाजिक संवादको माध्यमबाट श्रम कानूनको सुधार र योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्न सफल भएको उदाहरण उदाहरण पनि उनले ब्याख्या गरेका छन ।

‘नेपालमा अहिले बहुमत प्राप्त सरकारको गठनस“गै मुलुकमा जारी रहेको कानून र नीतिगत सुधारबाट नेपालमा लगानीको वातावरण बनेको छ,’ उनले भने, ‘पर्यटन, पूर्वाधार विकास, कृषि र उत्पादनशील क्षेत्रमा लगानीका लागि व्यवसायीहरूलाई आग्रह गर्दछु ।’ नेपाल, भारत र चीन प्रतिफलका दृष्टिले अत्यन्तै ठुलो सम्भावना भएका क्षेत्र भएको उल्लेख गर्दै सभापति ढकालले नेपालमा लगानी गर्न विश्वका लगानीकर्ताहरूलाई आग्रह गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL