Logo

चीन साउथ एशिया फोरमको बैठकमा महासंघको सहभागिता, नेपालमा लगानी भित्र्याउन पहल

चीन साउथ एशिया फोरमको बैठकमा महासंघको सहभागिता, नेपालमा लगानी भित्र्याउन पहल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलले चीनको कुनमिङमा आयोजित १४ औं चीन दक्षिण एशिया व्यवसाय फोरमको बैठकमा भाग लिएको छ । महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकालको नेतृत्वमा महासंघको तिनिधिमण्डलले बुधबार उक्त बैठकमा भाग लिएको हो ।

अन्तराष्ट्रिय व्यापार प्रवद्र्धनका लागि चिनिया परिषद र सार्क उद्योग वाणिज्य संघ द्वारा संयुक्त रूपमा चीनको युनान प्रान्तको कुनमिङ शहरमा फोरमको बैठक आयोजना भएको हो । फोरम बैठकमा नेपाल लगायत चीन, भारत, अफगानिस्तान, भुटान, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, बंगलादेशका व्यवसायिक नेताहरू, सार्क उद्योग वाणिज्य संघका अध्यक्ष सहित पदाधिकारीहरू, बाह्य देशका प्रतिनिधिहरू लगायतको सहभागीता रहेको छ ।

बैठकमा महासंघको व्यापार मेला समितिका सभापति दीलसुन्दर श्रेष्ठ, नेपाल हस्तकला महासंघका निवर्तमान अध्यक्ष धर्मराज शाक्य सहितको प्रतिनिधिमण्डलको सहभागिता रहेको छ ।
बैठककै क्रममा सीसीपीआईटी र सार्क राष्ट्रका उद्योग वाणिज्य महासंघहरूका तर्फबाट एक समझदारीपत्रमा हस्ताक्षर समेत भएको छ । समझदारीपत्रमा नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट पूर्व अध्यक्ष ढकालले हस्ताक्षर गरेका हुन ।

समझदारीपत्रमा चीन र दक्षिण एशियाली राष्ट्रहरू बीच आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, लगानी तथा प्रविधि आकर्षण, व्यापार सहजीकरण, आपसी सहकार्य लगायतका विषयमा जोड दिइएको छ । सोही अवसरमा कुनमिङमा आयोजना भएको चाइना आयात निर्यात व्यापार तथा दक्षिण एशियाली व्यापार मेला समेत आयोजना भएको छ ।

उक्त मेलामा नेपालबाट १०० वटा स्टलहरू मार्फत नेपाली वस्तुहरूको प्रदर्शनी भैरहेको छ । उक्त मेलाको विशिष्ठ सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल सहित महासंघको प्रतिनिधिमण्डलले अवलोकन ग¥यो । मेलामा विशेष गरी नेपाली हस्तकलाका सामाग्रीहरूको प्रदर्शनी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL