Logo

सरकारको नीति तथा कार्यक्रम : आगामी आर्थिक बर्ष ईतिहाँसकै उच्च आर्थिक वृद्धिको बर्ष

सरकारको नीति तथा कार्यक्रम : आगामी आर्थिक बर्ष ईतिहाँसकै उच्च आर्थिक वृद्धिको बर्ष



काठमाडौं । आगामी आर्थिक बर्ष ईतिहाँसकै उच्च आर्थिक वृद्धि भएको बर्ष हुने राष्ट्रपति विद्यादेवी भण्डारीले जानकारी दिएकी छन । संघिय संसदमा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले आर्थिक बर्ष २०७६ ७७ ईतिहाँसकै उच्च आर्थिक वृद्धि भएको बर्ष हुने जानकारी दिएकी हुन ।

laxmi

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले भेरी बबई डाईभर्सनको काम २ बर्षमा सम्पन्न गर्ने, कोशी र कर्णाली करिडोरको ट्र्याक खोल्ने काम आगामी बर्ष नै गर्ने जानकारी दिएकी छन ।

उनले आगामी बर्षसम्म माथिल्लो त्रिशुली जलविद्युत आयोजना संचालनमा ल्याई राष्ट्रिय प्रशारण लाईनमा ४ सय ५६ मेगावाट विजुली जोड्ने पनि जानकारी दिएकी छन ।

सरकारले उक्त नीति तथा कार्यक्रमअनुसार नेपालको तिव्र अर्थिक वृद्धिका साथै आउने ४ बर्षमा विभिन्न विकासका उथलपुथल ल्याउने गरी कार्यक्रम पेस गरेको छ । सरकारले सामाजिक सुरक्षा भत्ता बढाउने, अनावश्यक बस्तु तथा सेवाको आयात रोक्ने, फलाम खानीबाट ब्यवसायिक उत्पादन, सिमेन्टलाई प्रमुख निर्यातित बस्तुको रुपमा अवलम्बन गर्ने भएको छ ।

काठमाडौं उपत्यकामा यसै बर्ष ३ हजार जना अट्ने सम्मेलन केन्द्र निर्माण गर्ने सरकारले घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL