Logo

२१२ व्यवसायीलाई आन्तरिक राजस्वको पत्र, १५ दिनभित्र बक्यौता नतिरे सम्पती जफत (सूचिसहित)

२१२ व्यवसायीलाई आन्तरिक राजस्वको पत्र, १५ दिनभित्र बक्यौता नतिरे सम्पती जफत (सूचिसहित)



काठमाडौं । आन्तरिक राजस्व विभागले विभिन्न उद्योगी व्यवसायीलाई बक्यौता रकम तिर्न सूचना जारी गरेको छ । आन्तरिक राजस्व कार्यालय धनगढीले २१२ जना उद्योगी व्यवसायीलाई तत्काल बक्यौता रकम तिर्न पत्राचार गरेको हो ।

laxmi

बक्यौता रकम तिर्नका लागि पटक पटक पत्राचार तथा हुलाकबाट पत्र पठाउँदा पनि सम्पर्कमा नआएकाले कार्यालयले पत्रिकामै सूचना प्रकाशित गरी १५ दिनभित्र उक्त बक्यौता तिर्न निर्देशन दिएको छ । कार्यालयले लामो समयदेखि आयाकर, मूल्य अभिवृद्धि कर (भ्याट) तथा अग्रीम आयकर नतिर्ने उद्योगी तथा व्यवसायीलाई पत्राचार गरेको हो ।

सरकारले लामो समयदेखि भ्याट विवरण नबुझाएका उद्योगी व्यवसायीलाई यही पुस मसान्तसम्म छुट लिएर फरफारक गर्ने समयसिमा दिएको थियो । उक्त समयभित्र व्यवसायीहरु नआएका र हाल व्यवसाय संचालन गरेर पनि कर दायित्व भुक्त नगरेपछि हाल आन्तरिक राजस्व कार्यालयले पत्रिकामै सूचना प्रकाशित गरेर बक्यौता रकम असुल गर्न लागेको हो ।

सूचना प्रकाशित भएको १५ दिनभित्र आयकर, भ्याटलगायतका बक्यौता रकम नतिरेमा आयकर तथा अन्तशुल्क ऐनअनुसार सबै प्रक्रिया पुरा गरी असुल गरिने जानकारी दिएको छ । तोकिएको समयसिमा भित्र बक्यौता नतिरेमा प्रोपाईटर, संचालक तथा साझेदारको चल अचल सम्पती कब्जा गरी लिलाम बिक्री गरिने समेत आन्तरिक राजस्व कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL