Logo

आगामी बजेटमा अर्थमन्त्रीको नयाँ फर्मुला, रकमसँगै दायित्व पनि विनियोजन, अनावश्यक आयातमा रोक

आगामी बजेटमा अर्थमन्त्रीको नयाँ फर्मुला, रकमसँगै दायित्व पनि विनियोजन, अनावश्यक आयातमा रोक



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी बजेटमार्फत बजेट सँगसँगै दायित्व पनि विनियोजन गरिने बताएका छन् । नेपाल संघीय संरचनामा गएसँगै बजेट अनुसार दायित्व बहन हुन नसक्दा बजेटमा स्पष्टता नभएको भन्दै अबका दिनमा दायित्व पनि बजेटसँगै बाँडफाँड गर्ने बताएका हुन् ।

उनले आगामी बजेटमा अत्यावश्यक बस्तु तथा कार्यक्रमलाई ध्यानमा राखी बजेट विनियोजन गरिने र मौलिक हकको कुरालाई प्राथमिकता दिएर बजेट बनाईने उनले बताएका छन ।

मंगलबार नेपाल व्यवस्थापन संघले आयोजना गरेको पूर्व बजेट छलफल कार्यक्रममा बोल्दै उनले भन्सार विन्दुको व्यवस्था, चोरी पैठारीको अन्त्य लगायतका कुराहरु आगामी बजेटमा समावेस गरिनुपर्नेमा जोड दिएका छन ।

यस्तै उनले कार्यक्रममा राजस्व तोकेर व्यापारी तथा व्यबसायीलाई विगतमा भएजस्तो दुख दिने काम आगामी बजेटले नगर्ने बताएका छन । ‘विलासिताको वस्तुमा नियन्त्रण गर्दा राजस्वमा चाप त बढ्छ तर हामीले लक्ष्य तोकेर अनावश्यक रुपमा ब्यबसायीलाई दुख दिएर राजस्वको लक्ष्य पुर्याउनै पर्छ भनेर ताकेका गर्दैनौं,’ उनले भने, ‘यस अघि हामी लक्ष्य केन्द्रित धेरै हुन्थ्यौं हाल लक्ष्यभन्दा बढी राजस्व उठाउनुपर्छ भन्ने त हो तर जस्तो वस्तु पनि आयात गरेर राजस्व उठाउनुपर्छ भन्ने मेरो लक्ष्य छैन ।’

उनले राजस्व लक्ष्यभन्दा बढी उठाउनुपर्ने भएपनि व्यापार घाटा नबढाईकन तथा शुद्ध व्यापार गरेर राजस्व उठाउनुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै उनले चालु आर्थिक बर्षको बजेटमा केही टुटफुट भएका विषयलाई पनि आगामी बजेटमा समावेश गरिने बताउँदै बजेटको भ्रम अन्त्य गर्नुपर्ने बताएका छन ।

कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले आगामी बजेटमा ठेकेदारलाई तह लगाउने गरी बजेट निर्माण गर्नुपर्ने बताए । नेपाल सरकारले विभिन्न आयोजना निर्माण गर्नका लागि धेरै थरीका ठेकेदार कम्पनीहरुलाई कामको जिम्मेवारी दिएपनि सोही अनुसार कामको अनुगमन तथा कारवाही हुन नसक्दा छुट्याएको बजेट खेर जाने गरेको उनले जानकारी दिएका छन ।

‘हाल सरकारभन्दा निजी क्षेत्र अघि छ किनकी जिम्मा पाएको काम तोकेकै दिनमा पुरा गर्छ,’ उनले भने, ‘सरकारले कामको जिम्मा दिन्छ तर सोही अनुसारको काम विगार्दा होस या काममा ढिलाई हुँदा ठेकेदारलाई कारवाही गरिँदैन ।’

उनले सरकारले ठेकेदारको कारबाहीमा कमी गर्दा जिम्मा लिएको काममा लापरवाही हुने गरेको बताएका छन । कार्यक्रममा बोल्दै उनले नेपालमा उत्पादित तथा बाहिरबाट आयात हुने विभिन्न बस्तुको भन्सारलाई आगामी बजेटमा समावेस गर्नुपर्नेमा जोड दिएका छन ।

नाडा अटोमोवाईल्स एशोसिएसनका अध्यक्ष शम्भुप्रसाद दाहालले विदेशी नम्बर प्लेट भएका सवारीसाधनको नेपालमा विगविगी भएको बताएका छन । उनले भारतीय नम्वर प्लेटका सवारीसाधनहरु नेपालका हरेक क्षेत्रमा देख्न पाईने भन्दै यसलाई रोक्नुपर्नेमा जोड दिए ।

उनले नाडा अटोमोवाईल्सको प्रदर्शनीस्थलको कमी भएकाले यसको टुङ्गो लगाउन पनि आग्रह गरेका छन । कार्यक्रममा उपस्थित अन्य सम्बन्धित ब्यक्तित्वहरुले आगामी बर्षको बजेट कार्यान्वयन हुने तरिकाले ल्याउन तथा भरपर्दाे बजेट ल्याउने निर्देशन दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL