Logo

लगानी सम्मेलनका आयोजनमा आवेदन दिने म्याद थपियो, ५ महिनाभित्र उपत्यकामा अन्तरराष्ट्रिय सम्मेलन केन्द्र निर्माण

लगानी सम्मेलनका आयोजनमा आवेदन दिने म्याद थपियो, ५ महिनाभित्र उपत्यकामा अन्तरराष्ट्रिय सम्मेलन केन्द्र निर्माण



काठमाडौं । लगानी बोर्डले लगानी सम्मेलनका लागि सोकेसमा राखेका आयोजनामा आवेदन दिने म्यान थप गरेको छ । बोर्डका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको बैठकले सोकेसमा राखेका आयोजनामा प्रस्ताव सहितको आवेदन दिने म्याद १ महिनालाई थप गरेको हो ।

उक्त आयोजनामा यही अप्रिल २० तारिखसम्म आवेदन दिने म्याद रहेकोमा १ महिनाको लागि थप गरिएको बोर्डले जानकारी दिएको छ ।

यसैगरी बोर्डले सम्मेलनमा आएका प्रस्तावको मूल्याङ्कन तथा सम्झौता भएका परियोजनाको कार्यान्वयन तथा अनुगमनका लागि समिति समेत गठन गरेको छ । बैठकले प्रधानमन्त्री कार्यालयको आर्थिक तथा पूर्वाधार विकास हेर्ने सचिवको नेतृत्वमा पाँच सदस्यी संयन्त्र गठन गरेको हो ।

उक्त संयन्त्रमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिचाई मन्त्रालय, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय र लगानी बोर्डका एक एक जना सहसचिव रहनेगरी संयन्त्र गठन गरिएको बोर्डले जानकारी दिएको छ ।

यसैगरी प्रधानमन्त्री ओलीले उपत्यकामा आगामी पाँच महिनाभित्र सुविधासम्पन्न अन्तरराष्ट्रिय सम्मेलन केन्द्र निर्माणका लागि समेत निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL