Logo

नेपाल भित्रन्छ दैनिक साढे २ अर्ब रेमिटान्स, किन बढ्दैछ अमेरिकाको हिस्सा ?

नेपाल भित्रन्छ दैनिक साढे २ अर्ब रेमिटान्स, किन बढ्दैछ अमेरिकाको हिस्सा ?



काठमाडौं । नेपाली कामदार वैदेशिक रोजगारीमा जाने क्रम घटेपनि नेपाल भित्रने रेमिटान्स भने बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार देशमा दैनिक २ अर्ब ४२ करोड रुपैयाँभन्दा बढी रेमिटान्स भित्रने गरेको छ ।

चालू आर्थिक बर्षको ८ महिनामा कुल ५ खर्ब ८२ अर्ब १९ करोड रुपैयाँ रेमिटान्स भित्रिएको छ । जुन रकम अघिल्लो बर्षको सोही अबधिको तुलनामा २३ दशमलव ४ प्रतिशत बढी हुन आउँछ ।

पछिल्लो समय नेपालमा अमेरिका, दक्षिण कोरिया, भारतलगायतका मुलुकबाट बैंकिङ प्रणालीमार्फत रेमिटान्स भित्रने क्रम बढेसँगै नेपाल भित्रने रेमिटान्स बढेको सम्बद्ध रेमिट कम्पनीहरु बताउँछन् । गत बर्षसम्म नेपालमा मलेसिया, कतार, साउदी अरबबाट सबैभन्दा रेमिटान्स भित्रदै आएको थियो । तर, सरकारले मलेसियाको रोजगारीमा जान प्रतिबन्ध लगाएसँगै अमेरिका तथा कोरियाबाट भित्रने रेमिटान्सको हिस्सा बढेको हो ।

पछिल्लो समय अमेरिकाबाट नेपालीले पठाएको पैसाभन्दा पनि गैरकानुनी रुपमा रेमिटान्स भित्रने गरेको सम्बद्ध स्रोतले जानकारी दिएको छ । ‘अहिले धेरै राजनीतिज्ञ तथा कर्मचारीका छोराछोरीहरु अध्ययनको लागि अमेरिका गएका छन्,’ उक्त स्रोतले भन्यो, ‘उनीहरुले नेपालमा अबैध तरिकाबाट कमाएको रकम अमेरिका पठाएर त्यसलाई रेमिटान्सको रुपमा बैध बनाएर भित्रयाउने गरेका छन् ।’ पछिल्लो समय अमेरिकी राष्ट्रपति ट्रम्प नीतिका कारण पनि राजनीतिज्ञ तथा कर्मचारीले त्यसरी अमेरिका पठाएका रकम आफना छोराछोरीले कमाएको भन्दै रेमिटान्सको रुपमा भित्र्याउने क्रम बढेको उक्त स्रोतको दावी थियो ।

वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार चालू आबको ८ महिनामा वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा ३८ दशमलव ३ प्रतिशतले गिरावट आएको छ । यस्तो विरावट अघिल्लो बर्षको सोही अबधिमा ५ दशमलव ४ प्रतिशत मात्र रहेको थियो । नेपाली कामदारको प्रमुख गन्तव्य मुलुक मलेसियाको रोजगारीमा जान प्रतिवन्ध लागेसँगै वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्यामा उच्च गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL