Logo

प्रत्येक नेपालीको टाउकोमा ३१,७५० रुपैयाँ ऋण, १ बर्षमा थपियो ७ हजार

प्रत्येक नेपालीको टाउकोमा ३१,७५० रुपैयाँ ऋण, १ बर्षमा थपियो ७ हजार



काठमाडौं । नेपालीको प्रतिव्यक्ती ऋणको भार यो बर्ष ७ हजार रुपैयाँले बढेको छ । महालेखापरिक्षक कार्यालयको ५६ औँ बार्षिक प्रतिवेदनले अघिल्लो बर्षको तुलनामा यो बर्ष प्रत्येक नेपालीको थाप्लोमा ७ हजार ४३ रुपैयाँ ऋण बढ्दै ३१ हजार ७ सय ५० रुपैयाँ पुगेको देखाएको हो ।

laxmi

प्रतिवेदन अनुसार यो बर्ष सबै नेपालीको टाउकोमा ९ खर्ब १५ अर्व ३१ करोड रुपैयाँ ऋण रहेको छ । महालेखापरिक्षकको कार्यालयले २०६८ को जनगणनालाई आधार मानी नेपालको जनसंख्या २ करोड ८८ लाख २९ हजारलाई उक्त ऋण भाग गरेको हो ।

कार्यालयको प्रतिवेदनले गत आवसम्म नेपाल सरकारको कुल ऋण दायित्वमध्ये आन्तरिक ऋण ३ खर्ब ९१ अर्ब १६ करोड र वैदेशिक ऋण ५ खर्ब २४ अर्ब १५ करोड रुपैयाँ रहेको देखाएको छ ।

ऋण दायित्व गत वर्षको तुलनामा ३१ दशमलव १९ प्रतिशतले अर्थात् २ खर्ब १७ अर्ब ६२ करोड रुपैयाँले वृद्धि भएको देखिन्छ । उक्त ऋण कुल गार्हस्थ्य उत्पादन ३० खर्ब ७ अर्ब २४ करोड रुपैयाँको ३० दशमलव ४४ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

कुल ऋणमध्ये आन्तरिक ऋण ४२ दशमलव ७३ प्रतिशत र वैदेशिक ऋण ५७ दशमलव २७ प्रतिशत रहेको प्रतिवेदनले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL