Logo

भारतले १ बर्षमै भित्र्यायो ८० अर्ब डलर रेमिटान्स, पच्छ्याउँदै चीन

भारतले १ बर्षमै भित्र्यायो ८० अर्ब डलर रेमिटान्स, पच्छ्याउँदै चीन



काठमाडौं । भारतले सन २०१८ मा ८० अर्ब डलर रेमिट्यान्स भित्र्याएको छ । विश्व बैंकका अनुसार सो बर्ष सबैभन्दा बढी रेमिटान्स भित्र्याउने मुलुकमा भारत पहिलो स्थानमा रहेको छ ।

laxmi

बैकले शनिबार एक रिपोर्ट सार्वजनिक गर्दै भारत यो बर्ष पनि विदेशबाट धेरै रेमिट्यान्स भित्र्याउने मुलुकमा पहिलो हुने प्रक्षेपण गरेको छ । यस्तै विदेशबाट रेमिट्यान्स भित्र्याउनेमा चीन, मेक्सिको, र फिलिपिन्सले भारतलाई पछ्याएका छन ।

सन २०१८ मा चीनले विदेशबाट ६७ अर्ब डलर रेमिट्यान्स भित्र्याएको छ भने मेक्सिको र फिलिपिन्सले ३४ अर्ब डलर रेमिट्यान्स भित्र्याएका छन । त्यस्तै सोही अवधिमा ईजिप्टले २६ अर्ब डलर विदेशबाट रेमिट्यान्स भित्र्याएको छ ।

विश्व बैंकका अनुसार २०१८ मा विकासशिल देशहरुमा रेमिट्यान्स १० दशमलव ८ प्रतिशतले बढ्दै ५ सय २८ अर्ब डलर पुगेको छ । यही वृद्धिदर सन २०१७ मा भने ७ दशमलव ८ प्रतिशत रहेको थियो ।

विश्वमा रेमिट्यान्सको कुल रकम यो बर्ष १० दशमलव ३ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । जसमा विकशित देशका नागरिकहरुले पठाएको पैशा पनि जोडिएको छ ।

पछिल्लो ३ बर्षमा भारतमा विदेशबाट आउने रेमिटान्समा वृद्धि भईरहेको छ । जसअनुसा सन २०१६ मा ६२ दशमलव ७ अर्ब, २०१७ मा ६५ दशमलव ३ अर्ब डलर भित्रिएको थियो । यस्तै सन २०१७ मा भारतको कुल ग्राहस्थ उत्पादनमा रेमिटान्सको योगदान २ दशमलव ७ प्रतिशत रहेको थियो ।

दक्षिण एशियामा रेमिटान्स १३ दशमलव ५ प्रतिशतले बढ्दै १ सय ३२ अर्ब डलर पुग्ने अनुमान गरिएको छ । जुन २०१७ मा भएको ५ दशमलव ७ प्रतिशतभन्दा धेरै नै बढि हो ।

अमेरिकालगायत अन्य विकशित देशहरुमा आएको आर्थिक सुधारका कारण विभिन्न देशहरुमा रेमिटान्सको आप्रवाह बढेको विश्व बैंकले अनुमान लगाएको छ । बंगलादेश तथा पाकिस्तानमा पनि विदेश गएका हरुले पठाउने पैसामा उछाल आएको छ ।

विश्व बैंकका अनुसार अघिल्लो बर्षको तुलनमा बंगलादेशमा रेमिटान्स भित्रिने दरमा १७ दशमलव ९ प्रतिशत र पाकिस्तानमा ६ दशमलव २ प्रतिशतले बढेको छ । सन २०१८ मा नेपालमा भने विदेश गएका नेपालीहरुबाट ७ खर्ब ५५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL