Logo

विकासे मन्त्रालयको पूँजीगत खर्च न्यून, ६ महिनामा कुन मन्त्रालयको खर्च कति ?

विकासे मन्त्रालयको पूँजीगत खर्च न्यून, ६ महिनामा कुन मन्त्रालयको खर्च कति ?



काठमाडौं । सरकारले चालू आर्थिक बर्षमा पूँजीगत खर्च बढाएर ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएपनि विकासे मन्त्रालयहरु एकदमै कमजोर देखिएका छन् ।

विकासका लागि बढी बजेट विनियोजन गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिचाई मन्त्रालय, खानेपानी र शरहरी विकास मन्त्रालयको पूँजीगत खर्च एकदमै न्यून रहेको छ ।

सो अबधिमा सबैभन्दा बढी विकासको जिम्मा पाएको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको पूँजीगत खर्च २३ दशमलव ७ प्रतिशत मात्र रहेको छ । यसैगरी जलस्रोत तथा सिचाई मन्त्रालयको २० दशमलव ७ प्रतिशत र शहरी विकास मन्त्रालयको २० दशमलव ८ प्रतिशत मात्र पूँजीगत खर्च रहेको छ ।

संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भने पछिल्लो ६ महिनामा कुल बजेटको ५ दशमलव ७ प्रतिशत रकम मात्रै खर्च गरेको छ । ६ महिनामा कुनै मन्त्रालयले पनि आफ्नो लक्ष्य अनुसार बजेट खर्च गर्न सकेका छैनन ।

कतिपय मन्त्रालयले त आफ्नो लक्ष्यमा पुग्ने गाह्रो भएको देखिएको छ । यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भने आफ्नो बजेटको १७ दशमलव २ प्रतिशत रकम खर्च गरेको छ । यसैगरी खानेपानी मन्त्रालयको पनि ज्यादै न्यून ५ दशमलव ३ प्रतिशत मात्र रहेको छ ।


कुन मन्त्रालयको कति खर्च ?

प्रतिक्रिया दिनुहोस्
MBL