Logo

आज बजेटको अर्धबार्षिक समीक्षा हुँदै, आर्थिक वृद्धिदरको लक्ष्य हेरफेर हुने

आज बजेटको अर्धबार्षिक समीक्षा हुँदै, आर्थिक वृद्धिदरको लक्ष्य हेरफेर हुने



काठमाडौं । सरकारले चालु आर्थिक बर्षका लागि राखेको ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य पूरा नहुने भएको छ । चालू आर्थिक बर्षको बजेटमार्फत देशमा ५ लाख नयाँ रोजगारी सिर्जना गर्दै ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएपनि बजेटको मध्यावधिक समीक्षासम्म आईपुग्दा पुरा नुुहुने देखिएको हो ।

सरकाले पछिल्लो समय राजस्व संकलनलाई लक्ष्य अनुरुप अघि बढाएपनि परिचालनलाई सोचेअनुरुप अघि बढाउन नसक्दा बजेटले निदृष्ट गरे अनुरुप आर्थिक वृद्धिदर हासिल नहुने देखिएको हो ।

महालेखा नियन्त्रकको कार्यालयको तथ्याङ्क अनुसार हालसम्म सरकारको पूँजीगत खर्च परिचालन २६ प्रतिशत मात्र रहेको छ भने वित्तीयतर्फ साढे २२ प्रतिशत रहेको छ । अझ ६ महिनाको पूँजीगत खर्चको स्थिती हेर्ने हो भने १७ दशमलव ६८ प्रतिशत मात्र रहेको छ । जुन लक्ष्यभन्दा एकदमै कम हो ।

बढ्दो व्यापारघाटा तथा निराशाजनक पूँजीगर्त खर्च परिचालनले गर्दा सरकारले लक्ष्य अनुरुप आर्थिक वृद्धिदर हासिल नगर्ने देखिएको छ ।

अर्थ मन्त्रालयले आज ४ बजे चालू आबको बजेटको मध्यावधिक समीक्षा गर्दैछ । उक्त समीक्षाबाटै चालू आर्थिक बर्षको आर्थिक वृद्धिदर ७ प्रतिशतमा झार्न लागिएको सम्बद्ध स्रोतले जानकारी दिएको छ ।

चालू अबको ६ महिनामा ब्यापार घाटा उच्च हुँदै ६ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ । देशबाट ४८ अर्ब ५३ करोड रुपैयाँको वस्तु निर्यात हुँदा ७ खर्ब २३ अर्ब ९४ करोड रुपैयाँ बराबरको बस्तु तथा सेवा आयात भएको तथ्याङ्कले देखाएको छ ।

नयाँ रोजगारी सिर्जना गर्ने ठूला उद्योग कलकारखाना नखुल्नु, देशमा आर्थिक क्रियाकलाप नबढ्नु, बैंक तथा वित्तीय संस्थासँग लगानीयोग्य पूँजी नहुनुजस्ता कारणले गर्दा पनि सरकारले तय गरेको आर्थिक वृद्धिदरको लक्ष्य नभेट्ने निश्चित छ ।

सो अबधिमा बजेटले लक्षित गरेको मद्रास्फिती सोभन्दा कम अर्थात ४ दशमलव ६ प्रतिशत मात्र रहनु राम्रो मानिएपनि आर्थिक वृद्धिका परिसुचकहरु भने बढ्न सकेको छैन । यसैगरी सो अबधिमा शोधनान्तर घाटा बढेर ६३ अर्ब ६८ करोड रुपैयाँ पुग्नु अर्को नकारात्मक पाटो हो ।

प्रतिक्रिया दिनुहोस्
MBL