Logo

बेलायतमा अर्थमन्त्रीको लगानी भित्र्याउने प्रचार, ४ ट्रिलियन डलर लगानी गर्न बेलायती लगानीकर्ता इच्छुक

बेलायतमा अर्थमन्त्रीको लगानी भित्र्याउने प्रचार, ४ ट्रिलियन डलर लगानी गर्न बेलायती लगानीकर्ता इच्छुक



काठमाडौं । वेलायती लगानीकर्ताले नेपालमा ४ ट्रिलियन डलर लगानी गर्ने भएका छन् । लगानी सम्मेलनको पूर्व सन्ध्यामा अर्थमन्त्री डा. युवराज खतिवडा वेलायत गएका बेला वेलायती लगानीकर्ताले नेपालमा उक्त लगानी गर्न इच्छुक भएका हुन् । उनी लगानी सम्मेलन पूर्व सन्ध्यामा ३ दिने कार्यक्रमको लागि बेलायत गएका थिए ।

सिटी अफ लण्डनका मेयरले लण्डनस्थित ठूला लगानीकर्ताहरुको सहभागितामा आयोजित कार्यक्रममा करिब ४ ट्रिलियन डलर लगानी गर्न समूहमै इच्छुक रहेको बताएका छन । कार्यक्रममा नेपालको सोभर्जिन रेटिङ गर्न अत्यन्तै आवश्यक भएको धारणा राख्दै वित्तीय क्षेत्रका नयाँ उपकरणहरुको नेपालमा प्रयोग गर्न समेत सहभागीहरुले सुझाव दिएका थिए ।

स्टान्डर चार्टर्ड बैंकको केन्द्रिय कार्यालयमा भएको बैठकमा दिर्घकालीन बोण्डहरु जारी गरी दिर्घकालिन पुँजी निर्माण गर्न आवश्यक पर्ने प्राविधिक लगायत सम्पूर्ण सहयोग गर्न स्टान्डर चार्टर्ड बैंक संधै तत्पर रहेको जानकारी दिएको छ ।

उक्त कार्यक्रममा नेपाल सरकार, डिएफआइडी, स्टाण्डर्ड चार्टर बंैंकसमेतको सहकार्यमा अघि बढाउने सहमति समेत भएको छ । उक्त विषयमा सोभर्जिन रेटिङ लगायतका विषयमा बैंकले राखेका जिज्ञाशा उपर अर्थमन्त्री खतिवडाले आफ्नो धारणा प्रस्तुत गरेका छन । बेलायती अन्तरराष्ट्रिय आर्थिक सहायता राज्यमन्त्री तथा हाउस अफ लडर्सका सदस्य लर्ड बेट्ससँग हाउस अफ कमन्समा भेटघाट गरेका छन ।

उक्त भेटघाटमा कानूनी तथा नीतिगत सुधार, लगानीका सम्भावित क्षेत्र, सरकारका प्राथमिकता, नेपाल लगानीका प्रतिफललगायतका हिसावले कसरी लगानीको लागि तुलनात्मकरुपमा उत्कृष्ट गन्तव्य बन्न सक्छ भन्ने विषयमा प्रष्ट पार्दै सो अवसरको लाभ लिन बेलायति, युरोपेरी तथा तथा गैरआवासीय नेपाली लगानीकर्तालाई अर्थ मन्त्री खतिवडाले आग्रह गरेका छन ।

सोही भेटघाटमा लर्ड बेट्सले नेपालको विकास र समृद्धिको लागि बेलायत सरकार जस्तोसुकै सयोग गर्न तयार जानकारी गराएका छन । लर्डले नेपालको संविधान विश्वमै समावेशीताको सम्बन्धमा उत्कृष्ठ भएको भन्दै विश्वले नेपालबाट केही पाठ सिक्नु पर्ने समेत धारणा राखेका थिए ।

नेपालको एनएमबी बैंकसँग सहकार्य सुरु गरीसकेको कमनवेल्थ डेभल्पमेन्ट कर्पोरेशनको मुख्य कार्यालयमा कर्पोरेशनका अध्यक्ष एवम् प्रमुख कार्यकारीको सहभागितामा भएको भेटमा नेपालका विकास कार्यक्रममा यथाशक्य सघाउने उनीहरुले प्रतिवद्धता व्यक्त गरेका थिए ।

लण्डनस्थित नेपाली राजदूतावासमा आयोजित नेपाल डेभलपमेन्ट कन्फरेन्समा बेलायतलगायत यूरोपका विभिन्न मुलुकका उद्योगि व्यवसायि तथा गैर आवासिय नेपालीहरुको सहभागिता भएको थियो । २ सयभन्दा बढीको सहभागिता रहेको सो कार्यक्रममा सम्भाव्य लगानीकर्ताले नेपालमा लगानीको संभावना र सुधारबारे छलफल भएको थियो ।

नेपालमा सञ्चालनमा रहेका साना–साना व्यवसायिहरुले पनि आधुनिक किसिमले कसरी ठूला उद्यमी बन्न सकिन्छ र थोरै पूँजीले रोजगारी सिर्जना गरी अन्तरर्राष्ट्रियस्तरमा बजारको पहुँच विस्तार गर्न सकिन्छ भन्ने बारेमा समेत छलफल भएको छ । सो बृह्त सम्मेलनमा अर्थमन्त्री खतिवडाले नेपालमा लगानी बोर्डलाई थप शसक्त्त एवं गतिशिल बनाउन कानुन परिर्माजन गरी सो संस्था मार्फत लगानीकर्तालाई एकद्धार सेवा प्रवाह हुने बताएका छन ।

गैर आवासिय नेपाली संघ, यूकेले आयोजना गरेको कार्यक्रममा अहिले सम्मका काम र हामीले अघि बढाउन थालेका विकासका एजेण्डाहरु गैर आवासिय नेपालीहरुले नेपालको विकासमा गर्नसक्ने योगदानबारे छलफल पछि उनीहरु नेपालमा लगानी गर्ने इच्छुक रहेको बताए ।

सम्भाब्य लगानीकर्तासँग नेपालमा भएका निजी लगानीका क्षेत्रहरु जानकारी दिनुका अतिरिक्त सार्वजनिक निजी साझेदारी सम्बन्धी नेपालको पछिल्लो नीति तथा नेपालमा लगानी गर्दा पाउने प्रतिफलबारे छलफल भएको छ ।

नेपालले वेलायत सरकारसँग दोहोरो कर मुक्त सम्झौता सम्बन्धी छलफल समेत गरेका छन । सो सम्बन्धमा दुई सरकारबीच हालसम्म भएका प्रगति र अब सहमतिका लागि सुल्झाउनु पर्ने विषयहरुमा समेत छलफल भएको छ । छिट्टै नै थप वार्ता गरी यसलाई टुङ्गोमा पुर्याउने समझदारी समेत भएको छ ।

लण्डन स्कूल अफ इकोनोमिक्स एण्ड पोलिटिकल साइन्सले आयोजना गरेको कार्यक्रममा नेपालले अङ्गिकार गरेको वित्तीय संघियता सम्बन्धी आफ्नो धाराणा प्रस्तुत गरेका छन । अर्थ मन्त्री खतिवडाले कार्यक्रममा छिटो र सहज ढंगले वित्तीय संघियता कार्यान्वयन गर्न संभव भइ नेपालको विकास र समृद्धिको जग बसाली अघि बढेको बताएका छन ।

वेलायत स्थित नेपालीसँग शिक्षाको क्षेत्रमा लगानी गर्न चाहने धेरै संस्थासँग विभिन्न चरणमा छलफल भएको छ । जसमा उच्च शिक्षाको क्षेत्रमा प्राविधिक, वैज्ञानिक, अनुसन्धानमूलक र सीप विकास गर्ने क्षेत्रमा कसरी सहकार्य गरेर उच्च शिक्षामा वेलायती संस्थालाई गुणस्तरीय शिक्षा र सीप प्रदान गर्न सहयोगि बन्न सक्छ भन्ने विषयमा त्यहाँका शैक्षिक लगानीकर्तासँगको छलफल उपलब्धिमूलक रहेको मन्त्री खतिवडाले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL