Logo

राजस्व अनुसन्धान विभागको छानविनमा ३३ व्यवसायी, को–को परे यस्ता छन् सूची

राजस्व अनुसन्धान विभागको छानविनमा ३३ व्यवसायी, को–को परे यस्ता छन् सूची



काठमाडौं । राजस्व अनुसन्धान विभागले ३३ जना उद्योगी व्यवसायी माथी छानविन प्रक्रिया अघि बढाएको छ । विभागले बुधबार एक सूचना प्रकाशित गर्दै झुठा विवरण तथा नक्कली बिजक जारी गरेर राजस्व छलेको आरोपमा सम्बद्ध व्यवसायीहरु माथी छानविन प्रक्रिया अघि बढाएको जानकारी दिएको छ ।

विभागले छानविन सुरु गरेकोमा बिरगञ्ज आसपासका क्षेत्रमा व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरु छन् । जसमा बारा, पर्सा जिल्लामा व्यवसाय गर्दै आएका व्यवसायीहरु रहेका छन् ।

उनीहरुलाई विभागले पत्राचार गरेको ७ दिनभित्र विभागमा उपस्थित हुन समेत निर्देशन दिएको छ । यस अघि विभागले ती व्यवसायीहरुलाई सम्बद्ध विषयमा बुभ्ने पर्ने भन्दै विभागमा हाजिर हुन पत्राचार सहित अनुरोध गरेको थियो । तर, पत्राचार गर्दा व्यवसायीहरु नआएपछि विभागले सूचाना प्रकाशित गरेरै हाजिर हुन निर्देशन दिएको हो ।

यदि सुचना जारी गरेको ७ दिन भित्र उपस्थित नभमा राजस्व चुहावट ऐन २०५२ अनुसार कारबाही प्रक्रिया अघि बढाउने समेत जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL