Logo

नेपालमा कम्पनी खोलेर राजस्व छली गर्ने भारतीय नागरिक सहनी विरुद्ध मुद्दा दायर, १७ करोड विगो दावी

नेपालमा कम्पनी खोलेर राजस्व छली गर्ने भारतीय नागरिक सहनी विरुद्ध मुद्दा दायर, १७ करोड विगो दावी



काठमाडौं । नेपालमा कम्पनी स्थापना गरी राजस्व चुहाव गर्दै आएका भारतीय नागरिक अमितकुमार सहनी विरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । विभागले आज काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

laxmi

विभागले राजस्व चुहावट र विदेशी मुद्रा अपचलन गरी दुई शिर्षकमा मुद्दा दायर गरेको हो । विभागले सहनीलाई हदैसम्मको जरिवाना र जेल सजायको माग सहित मुद्दा दायर गरेको हो ।

जसमा जरिवाना सहित ३६ करोडको विगो दाबी गरिएको छ । जसमा विगो रकम भने १६ करोड ९८ लाख रुपैयाँ रहेको छ । सहनीले नेपालमा आदित्य ट्रेड सप्लायर्स कम्पनी स्थापना गरी चोरी पैठारी गर्ने, त्यस्ता बस्तुहरुमा गैर कर बिजक जारी गर्ने, भ्याट तथा आयकर राजस्व चुहावट, नेपालमा विभिन्न व्यक्तिको नाममा खाता खोली पैसा जम्मा गर्ने गरेको भेटिएको विभागले जानकारी दिएको छ ।

यसैगरी सिमाभन्दा बाहिर गएर भारतबाट एटिएम प्रयोग गरी रकम निकाल्ने, चोरी पैठारी गरेका मालबस्तुको भारतमा भुक्तानी गर्ने जस्ता गैरकानुनी काम गर्दै आएको विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL