Logo

९ देशका राजदूतको सामुहिक प्रतिवद्धता, भिजिट नेपाल २०२० र लगानी सम्मेलन सफल पार्न केन्द्रित

९ देशका राजदूतको सामुहिक प्रतिवद्धता, भिजिट नेपाल २०२० र लगानी सम्मेलन सफल पार्न केन्द्रित



काठमाडौं । विभिन्न १० देशका लागि नियुक्त भएका राजदूतहरुले नेपालमा वैदेशिक लगानी भित्र्याउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । हालै मात्र सरकारले विभिन्न १० देशका लागि नियुक्त गरेका नवनियुक्त राजदूतहरुले सम्बन्धित देशका लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न प्रोत्साहन गर्ने बताए । नेपाल चेम्बर अफ कमर्सद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा उनीहरुले सो प्रतिवद्धता जाहेर गरेका हुन् ।

स्वीटजरल्याण्डका लागि नेपाली राजदुत मणी भट्टराईले अवका दिनका आफुहरुले सम्बन्धित देशमा गएर नेपालमा हुन लागेको लगानी सम्मेलन र भिजिट नेपाल २०२० सफल बनाउन केन्द्रित हुने बताए । ‘हामी देशको आर्थिक विकास र कुटनीतिक सम्बन्ध विस्तारका लागि राजदूत भएर जान लागेका हौं,’ उनले भने, ‘हामी फरक फरक देशमा राजदूत भएर गएपनि हामी सबैको लक्ष्य एउटै हुनेछ ।’

कार्यक्रममा भारतका लागि नेपालका नव–नियुक्त राजदुत निलाम्बर आचार्यले देश समृद्ध बन्नलाई उत्पादन र निर्यात बढ्नु पर्ने बताए । सोका लागि अबका दिनमा व्यवसायीहरुले अयात प्रतिस्थापन गरी निर्यात गर्ने बस्तु उत्पादनमा लागूपर्ने बताए ।

कार्यक्रममा मलेशियाका लागि नेपाली राजदूत उदयराज पाण्डे, इजरायलका लागि राजदूत डा. अञ्जान शाक्य, संयुक्त अरब इमिरेट्सको लागि नेपाली राजदुत कृष्ण प्रसाद ढकाल, थाईल्याण्डका लागि नेपाली राजदुत गणेश ढकाल, स्वीटजरल्याण्डका लागि नेपाली राजदुत मणी भट्टराई, फ्रान्सका लागि नेपाली राजदुत दिपक अधिकारी र कुवेतका लागि नेपाली राजदुत दुर्गा शर्माको उपस्थिती रहेको थियो । उनीहरुले आफ्नो कार्यकालभरि समृद्ध नेपाल सुखी नेपाली को नारालाई सार्थक तुल्याउन लाग्ने समेत बताए ।
यैगरी चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा पुरा गर्नको लागि देशभित्र र देश बाहिर अनुकुल वातावरण कायम गर्न सरकार लागि परेको अवस्थामा आर्थिक कुटनीतिलाई मजबुत बनाउनुपर्ने बताए ।

संयुक्त राष्ट्रसंघका लागि नेपाली प्रतिनिधि अमृत राईले सन् २०२२ सम्ममा अति कम बिकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुन र सन् २०३० सम्ममा मध्यम आय भएको राष्ट्र बन्न नेपालले आफ्नो ब्यापारमा भरि मात्रामा सुधार गर्नु पर्ने कुरा उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL