Logo

विराटनगर भन्सार कार्यालयले उठायो १९ अर्ब राजस्व, गत वर्षको तुलनामा ४१ प्रतिशतले बृद्धि

विराटनगर भन्सार कार्यालयले उठायो १९ अर्ब राजस्व, गत वर्षको तुलनामा ४१ प्रतिशतले बृद्धि


रासस
27
Shares

काठमाडौं । विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम अर्धवार्षिक सम्ममा १९ अर्ब ५७ करोड २० लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

सो अवधिमा कार्यालयले १९ अर्ब ५६ करोड ४६ लाख रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । उक्त कार्यालयले गत आवको सोही अवधिमा १३ अर्ब ८३ करोड ६२ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको थियो ।

गएको वर्षको तुलनामा ४१ दशमलब ५४ प्रतिशत राजश्व सङ्कलन गर्न सफल भएको कार्यालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
चालु आवमा कार्यालयले वार्षिक ४२ अर्ब ५३ करोड १९ लाख रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको कार्यालय प्रमुख मिमांश अधिकारीले जानकारी दिएका छन ।

प्रथम अर्धवार्षिकमा भन्सार महसुल ८ अर्ब १२ करोड १ लाख रुपैयाँ, मूल्य अधिवृद्धि कर १० अर्ब ३६ करोड २६ लाख रुपैयाँ र अन्तःशुल्क १ अर्ब ८ करोड ९३ लाख रुपैयाँ सङ्कलन भएको छ ।

कार्यालयले लक्ष्य अनुसारको राजश्व सङ्कलन गर्न भन्सार जाँचमा सहज, मालबस्तुको यथार्थपरक मूल्याङ्कन तथा वस्तु वर्गीकरण, यात्रु जाँचपासमा कडाई, चोरी÷निकासी नियन्त्रण तथा गस्ती लगायतबाट प्राप्त भएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL