Logo

आईएमएफमा पहिलो पटक महिला चिफ ईकोनोमिस्ट, भारतीय मुलकी गीताले पाईन जिम्मेवारी

आईएमएफमा पहिलो पटक महिला चिफ ईकोनोमिस्ट, भारतीय मुलकी गीताले पाईन जिम्मेवारी



काठमाडौं । भारतीय मुलकी गीता गोपीनाथ अन्तरराष्ट्रिय मुद्रा कोष(आईएमएफ)को प्रमुख अर्थशास्त्रीको रुपमा नियुक्त भएकी छन । उक्त पदमा नियुक्ती भएसँगै उनी उक्त पदमा नियुक्ती हुने पहिलो महिला अर्थशास्त्री भएकी हुन ।

आईएमएफको ११ औं प्रमुख अर्थशास्त्री मौरिस अब्स्टफेल्ड भने आईएमएफकै आर्थिक सल्लाहकार र निर्देशकको रुपमा रहेकी छन । उक्त पदमा भारतीय रिजर्व बैंकका गभर्नर रघुराम राजन नियुक्त भएपश्चात गीता गोपीनाथ उक्त पदमा नियुक्ती हुने दोस्रो भारतीय नागरिक हुन ।

उनले भारतमा स्नातकोत्तरसम्मको अध्ययन गरेर बाँकी अध्ययनका लागि अमेरिका गएकी थिइन । उनले दिल्लीको लेडी श्री राम कलेजबाट अर्थशास्त्रमा ब्याचलर गर्दै दिल्ली स्कुल अफ ईकोनोमिक्स र युनिभर्सिटी अफ वासिङटन बाट अर्थशास्त्रमा स्नातक गरेकी हुन तर अर्थशास्त्रमा पिएचडी भने अमेरिकास्थित प्रिन्सटन युनिभर्सिटीबाट गरेकी हुन ।

उनले हार्भड युनिभर्सिटीमा दोस्रो भारतीय प्रोफेसरको रुपमा अध्यापन गराएकी छन । सोही अबसरमा उनी स्थाई रुपमा दोस्रो भारतीय नागरिकको रुपमा हार्भड युनिभर्सिटीको सदस्यको रुपमा नियुक्त भएकी थिईन ।

यस्तै उनले आर्थिक सल्लाहकारको रुपमा बोस्टोनको फेडेरल रिजर्भ बैंक र फेडेरल रिजर्भ बैंक अफ न्यु योर्कमा काम गरेको अनुभव रहेको छ । साथै उनले केरलाका मुख्य मन्त्रीको आर्थिक सल्लाहकारको रुपमा पनि काम गरेकी छन । उनी भारतको कर्नाटकस्थित मिसोरमा जन्मीएकी हुन । उनले आफ्नो विद्यालय तहको अध्ययन भने निर्मला मठ विद्यालयमा पुरा गरेकी हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL