Logo

सिटी एक्सप्रेस र भ्यालूबीच रेमिटान्स सम्झौता, सिटीको एजेन्ट मार्फत रकम भुक्तानी

सिटी एक्सप्रेस र भ्यालूबीच रेमिटान्स सम्झौता, सिटीको एजेन्ट मार्फत रकम भुक्तानी



काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर र मलेसियाको रेमिटान्स कम्पनी भ्यालूबीच रेमिटान्स सम्झौता भएको छ ।

भ्यालूको मलेसियामा २ हजार एजेन्टका साथै आफ्नै मोबाईल एप र ईन्टरनेट बैंकिङसेवा समेत रहेको छ ।

सम्झौता पछि मलेसियाबाट नेपालमा पठाएको रकम सिटी एक्सप्रेसको एजेन्टहरु मार्फत सिधैं भुक्तानी लिन सकिने या कुनै पनि बंैकको खातामा रकम जम्मा गर्न सकिने छ ।

सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डन र भ्यालूको प्रमुख कार्यकारी अधिकृत प्रसन्न रावोले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन ।

भ्यालुले सिटी एक्सप्रेससँग सिधा रेमिटान्स सम्झौता भएकोमा खुशी ब्यक्क्त गर्दै आगामी दिनहरुमा सिटी एक्सप्रेससँग नयाँ प्रविधि अनुसार सहकार्य गर्दै जाने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL