Logo

चिनको अर्थतन्त्र खुम्चियो, औद्योगिक उत्पादनमा सामान्य गिरावट

चिनको अर्थतन्त्र खुम्चियो, औद्योगिक उत्पादनमा सामान्य गिरावट



काठमाडौं । चिनीया आधिकारिक तथ्याँकहरुले नोभेम्बर महिनामा चीनको औद्योगिक उत्पादनमा सामान्य गिरावट आएको देखाएका छन् । विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीन व्यापारिक युद्धमा अमेरिकासँग पछि परेको सङ्केत देखिन थालेको हो ।

नोभेम्बर महिनामा चिनीया कारखानाको परिस्थिति मापन गर्ने पर्चे्जिङ म्यानेजर्स इन्डेक्स (पिएमआई) ५०.० देखिएको छ । अक्टोबर महिनामा यो ५० दशमलव २ थियो । राष्ट्रिय तथ्याँक विभाग (एनबीएस)का अनुसार यो सूचक प्रक्षेपण गरिएभन्दा कम हो ।

विगत दुई वर्षमा नै यो सूचकाँक सबैभन्दा न्यून विन्दुमा पुगेको छ । सूचकाँकमा ५०.० आउनु अर्थतन्त्र खुम्चिनु सरह हो ।

एनबीएसका विश्लेषक झाओ क्विन्घेले जारी गरेको वक्तव्यमा चिनीया उत्पादनमा कमी नआएको तर मागमा केही कमी आएको उल्लेख छ । उनले नयाँ माग जुन गतिमा हुनुपर्ने थियो, पछिल्लो महिनामा कमी आएको बताएका छन ।

चिनीया राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच जी२० को बैठकका अवसरमा भेटवार्ता हुनुअघि यो तथ्याँक सार्वजनिक भएको छ । जी२० को दुई दिने बैठक अर्जे्न्टिनाको ब्युनसआयर्समा शुक्रबार हुँदैछ ।

बैठकका क्रममा राष्ट्रपति ट्रम्पले चीनको अर्थतन्त्रमा व्यापक सुधार गर्नेगरी चिनीया राष्ट्रपति सी जिनपिङमाथि दबाब दिने अपेक्षा गरिएको छ । उनले अपेक्षित सुधार नभए आगामी जनवरीदेखि चिनीया सामानमा अझ करवृद्धि गर्ने चेतावनी दिएका छन ।

यद्यपि ट्रम्पले व्यापार युद्धमा युद्धविराम गर्ने मनस्थिति बनाएको विश्लेषकहरुको भनाइ छ ।

चीनको अर्थतन्त्र तेस्रो चौमासिकमा ६ दशमलव ५ प्रतिशतले वृद्धि भएको छ, तर यो विगत नौ वर्षयताकै सबैभन्दा न्यून हो ।

प्रतिक्रिया दिनुहोस्
MBL