Logo

६ रुपैयाँको सामान बेच्दा ९४ रुपैयाँको खरिद, ४ महिनामै व्यापार घाटा साढे ४ खर्ब पुग्यो

६ रुपैयाँको सामान बेच्दा ९४ रुपैयाँको खरिद, ४ महिनामै व्यापार घाटा साढे ४ खर्ब पुग्यो



काठमाडौं । सरकारले स्वदेशी उत्पादनलाई बढवा दिँदै व्यापार घाटा न्युनिकरण गर्ने नीति लिए पनि ठिक त्यसको विपरित व्यापारघाटा चुलिँदै गएको छ । व्यापार निकासी तथा प्रवद्र्धन केन्द्रले चालू आर्थिक बर्षको पहिलो ४ महिनाको तथ्याङ्क सार्वजनिक गर्दै व्यापार घाटा बढेर ४ खर्ब ४५ अर्ब पुगेको जानकारी दिएको छ ।

समग्रमा चालू आबको पहिलो ४ महिनामा नेपालको बैदेशिक व्यापार ३६ प्रतिशतले वृद्धि हुँदै ५ खर्ब १३ अर्ब पुगेको छ । जसमध्ये निर्यात १० दशमलव ७० प्रतिशतले वृद्धि हुँदै २९ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । तर, सोही अबधिमा आयात भने ३८ प्रतिशतले वृद्धि हुँदै ४ खर्ब ८३ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ ।

सो अबधिमा नेपालको कुल वैदेशिक व्यापारमा निर्यातको योगदान ५ दशमलव ७ प्रतिशत रहँदा आयात उच्च रुपमा बढ्दै ९४ दशमलव ३ प्रतिशत हिस्सा ओगट्न सफल भएको छ ।

सो अवधिमा नेपालबाट निकासी भएका प्रमुख वस्तुहरुमा पोलिष्टर तथा अन्य धागो, ऊनी गलैंचा, तयारी पोशाक, फलाम तथा स्टील र तिनका उत्पादनहरु, जुस, चिया, टेक्सटाइल, पश्मिना सल, अलैंची, जुटका झोला रहेका छन् । त्यसैगरी बोरा फेल्टका सामान, मुसुरोको दाल, शिरपोश, तामाका सामान, टुथपेष्ट, चाउचाऊ, रोजिन तथा रेजिन एसिड, जडिवुटी, जुत्ता, हस्तकलाका सामानहरु, सुतीका झोला, अदुुवा, पनि नेपालबाट निर्यात हुने मुख्य बस्तुको सूचीमा रहेका छन । ती बस्तुहरु नेपालबाट भारत, संयुक्त राज्य अमेरिका, जर्मनी, युके, टर्की, चीन, वंगलादेश, इटाली, जापान, फ्रान्स, क्यानडा, अष्ट्रेलिया र डेनमार्कलगायतका देशमा निर्यात भएको केन्द्रले जानकारी दिएको छ ।

तर सो अबधिमा आईपुग्दा नेपालको व्यापारघाटा ४० दशमलव ३ प्रतिशतले बढ्न पुगेको छ । पैठारीमा देखिएको अत्यधिक वृद्धिका कारण व्यापार घाटामा बढेर ४ खर्ब ५४ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । सो अबधिमा पेट्रोलियम पदार्थ, फलामका सामान, सवारीसाधन, तयारी पोशाक, सुन, औषधि तथा इलोक्ट्रोकिन सामानहरु बढी आयात भएका छन् ।

नेपालमा भारत, चीन, फ्रान्स, युएई, थाइलेण्ड, इण्डोनेशिया, स्वीट्जरलेण्ड, मलेशिया, क्यानडा, भियतनाम, अर्जेन्टिना, युक्रेन, दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका लगायतका देशबाट बढी आयाह हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL