Logo

अघिल्लो सम्मेलनको लगानी नआउदै अर्को सम्मेलनको तयारी, फागुनको मध्यमा सम्मेलन हुने

अघिल्लो सम्मेलनको लगानी नआउदै अर्को सम्मेलनको तयारी, फागुनको मध्यमा सम्मेलन हुने



काठमाडौं । सरकारले फागुनमा लगानी सम्मेलन गर्ने भएको छ । लगानी बोर्डको आज बसेको ३३ औं बैंठकले सन् २०१९ मार्चको अन्तिम साता लगानी सम्मेलन गर्ने निर्णय गरेको हो ।

उक्त सम्मेलनको लागि बोर्डले प्रधानमन्त्रीको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको छ । सरकारले २०७३ फागुनमा गरेको लगानी सम्मेलनमार्फत आएको लगानीको प्रतिवद्धतालाई कार्यान्वयनमा नल्याउँदै पुनः अर्को लगानी सम्मेलन गर्न लागेको हो ।

२०७३ फागुनमा गरेको लगानी सम्मेलनमार्फत १३ अर्व ५२ करोड डलर अर्थात साढे १४ खर्व रुपैयाँ बराबरको लगानीको प्रतिवद्धता आएको छ । तर, सो प्रतिबद्धतामध्ये हालसम्म कुनै पनि रकम कार्यान्वयनमा ल्याउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL