Logo

सडक सुधार र विद्यालय पुननिर्माणमा एडिबीको ३९ अर्ब सहयोग, मंगलबार अर्थसँग सम्झौता गर्दै

सडक सुधार र विद्यालय पुननिर्माणमा एडिबीको ३९ अर्ब सहयोग, मंगलबार अर्थसँग सम्झौता गर्दै



काठमाडौं । एशियाली विकास बैंक (एडिबी) ले नेपालको राजमार्ग सुधार तथा विद्यालय पुननिर्माणका लागि सहायता स्वरुप सहयोग गर्ने भएको छ ।

एडिबीले ३४ करोड अमेरिकी डलर अर्थात नेपाली रुपैयाँ ३९ अर्ब ४४ करोड ऋण तथा अनुदान सहायता दिने भएको हो ।

मंगलबार एक कार्यक्रमका बीच अर्थमन्त्रालय र एडिबी बीच उक्त सहयोगको सम्झौता हुने अर्थमन्त्रालयले जानकारी दीएको छ ।

नेपालका विभिन्न विकासका क्षेत्रमा सहयोग गर्दै आएको एडिबीले भने यसपाली शिक्षा क्षेत्रको विकासमा हात हालेको छ । एडिबीले यसअघि पुर्वपश्चिम राजमार्गलाई ८ लेन बनाउनका लागि पनि रकम अनुदान दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL